Friday, April 1, 2011

२०१२ मा पृथ्वी स्वाहा हुने- वैज्ञानिकहरू

जापानको भूकम्प र सुनामीपछि तपाईंले आफ्नो दैनिक क्रियाकलापमा ध्यान दिनुभएको छ ? छैन भने आजैदेखि थाल्नुहोस्- तपाईं अचम्मित हुनुहुनेछ। अरू वेलाभन्दा तपाईंलाई अझ बढी रिस उठ्न थालेको छ, दिमागमा असामान्य कुरा खेल्न थालेका छन्, अल्छीपन बढेको छ, मनमा चञ्चलता छ, टाउको तातो र आँखा रातो भइरहन्छ। अझ डरलाग्दो कुरा त के छ भने, तपाईं हिँड्दा बांगो भएर हिँड्न थाल्नुभएको छ π यी सबै पृथ्वीको आयुसँग जोडिएर आएका परिवर्तन भएको वैज्ञानिकले बताएका छन्।

उनीहरूको निष्कर्ष छ- भूकम्प र सुनामीले जापानलाई मात्र धक्का दिएन, सिंगो पृथ्वीको घुम्ने गतिमा ०.०७ सेकेन्डले कमी आएको छ


अहिले पृथ्वी आफ्नो अक्षांशबाट ०.३४ मिटर तल खसेको छ
। जसकारण तराईमा जाडो बढ्न थालेको छ, हिमालको तापक्रम अकासिएको छ। गत साता सगरमाथाबाट झरेका आरोही मार्स रधिसुले आफ्नो ब्लगमा लेखेका छन्, 'यो साता माउन्ट एभरेस्टको आधारशिविरमा खल्खली पसिना आएको देखेर मलाई लाग्यो- म सपना देखिरहेको छु। तर, पछि सोचे- ए साँच्ची हामी २०१२ को नजिक पो छौँ त।'

केही सातादेखि पृथ्वीले अनौठो गतिविधि देखाइरहेको छ
। अपि|mकाको जायरमा उम्लिएको पानीको वर्षा भएकाले नागरिकलाई घरबाहिर ननिस्कन आदेश दिइएको छ। तिब्बतका पठारमा चौँरी चराझैँ उडिरहेकाले गोठाला पूजापाठ गर्न व्यस्त छन्। तर, खगोलशास्त्रीले भने यो गतिविधिलाई पृथ्वीको अन्त्यसँग जोडेर हेरिरहेका छन्।

यसै प्रसंगमा संसारभरका वैज्ञानिक, खगोलशास्त्री तथा ज्योतिषीले गत साता क्यारेबियन टापु फिजीमा संयुक्त छलफल गरे

उनको कुरा पत्याउने हो भने अहिले मध्य-पूर्व तथा उत्तरी अपि
|mकी देशमा फैलिएको हिंसा र आक्रोशको कारण पनि नजिकिँदै आएको पृथ्वीको अन्त्यसँग जोडिएको छ। इजरायलका विख्यात भूगर्भविद् लबनाम लफुले तेल अविवको एक कार्यक्रममा भने, 'मध्य-पूर्वको जमिनमुनि रहेको प्लेट अहिले अत्यन्तै तातो भएको छ। त्यसबाट आउने अनौठो गन्धले त्यहाँका मानिसको मन र दिमागलाई हिंसातिर प्रेरित गरिरहेको छ।' आन्दोलनकारीलाई उत्तेजित गराउनेगरी अदृश्य तरिकाले लागुपदार्थ खुवाइएको छ- भन्ने लिबियाली नेताको भनाइले पनि सो कुराको पुष्टि गर्छ। । अति गोप्य तवरले सम्पन्न सो कार्यक्रमलाई अमेरिकी सरकारले विशेष सुरक्षा दिएको थियो। नेपालको तर्फबाट सहभागी ज्योतिषी ओजराज लोहनी भन्छन्- 'हो, म फिजी गएको थिएँ, तर त्यहाँ के भयो, म यहाँ भन्न सक्दिनँ।' के पृथ्व्ाीको आयु सकिन लागेको हो त भन्ने प्रश्नमा उनले थपेे- 'अहिले यति भनौँ, जापानको भूकम्पपछि सूर्य र चन्द्रमाले आफ्नो पूर्वस्थान छाडेका छन्। जसकारण पृथ्वीवासीमा कहिल्यै नभोगेको अवस्था आउँदै छ।'

'मिसन-सेभ द प्लानेट' नाम दिइएको सो कार्यक्रममा केही डरलाग्दा निचोड पनि निकालिए
। सहभागी जापानी वैज्ञानिक हिरोका दाइकाले 'आसही सिम्बुन'लाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'भूकम्प ध्ाक्काको प्रभावले जापानी प्रधानमन्त्रीका दिमागमा हिंसा, आक्रोश र रिस बढेको देखिएको छ, जसकारण उनले लिबियामा जापानी सेना पठाउने निर्णय गरेको प्रस्ट हुन्छ।'

जब सिंगो पृथ्वी सुरक्षित छैन भने नेपाल रहने कुरै भएन
। काठमाडौंमा नब्बे सालको भन्दा ठूलो भुइँचालो आउने कुरा हिमाल खबर पत्रिकाले लेखेको छ (हेर्नोस्, हिमाल अंक २३४)। यसलाई पुष्टि गर्नेगरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले भनेको छ- नेपालको सीधा आकाशमा पर्नेगरी एउटा नौलो ग्रह घुमिरहेको छ जसबाट आएको बैजनी किरण नेपालीको दिमागमा परिरहेको छ। अंग्रेजीमा 'सन्टुफ' नाम दिइएको त्यो किरणले मान्छेमा घमण्ड, रिस, आक्रोश बढ्ने र त्यो काटमारको स्थितिसम्म पुग्ने जनाएको छ। अहिलेको राजनीतिक अन्योल, तराईको हिंसा तथा नेताहरूको दन्त बजानलाई त्यसैको कडीमा रूपमा हेर्नुपर्ने खगोलशास्त्री आनन्दराम गौडेल बताउँछन्।

बलिया प्रमाणहरूः माया क्यालेनडरः मेक्सिकोका मायानले हजारौँ वर्षपहिलेदेखि सफल भविष्यवाणी गर्दै आएका छन्, जुन धेरै हदसम्म सही सावित भएको छ
। उनीहरूका अनुसार, २०१२ डिसेम्बर २१ का दिन पृथ्वीका सबै प्राणीको अन्त्य हुनेछ- यसलाई वैज्ञानिकले पनि अस्वीकार गरेका छैनन्।

बाइबलः बाइबलमा प्रस्ट लेखिएको छ-२०१२ मा आत्मा र प्रतात्माबीच भीषण लडाइँ हुन्छ
। त्यो लडाइँ नै पृथ्वीको अन्त्यको मुख्य कारण बन्नेछ।

सूर्यको विध्वंसः सौर्यमण्डल विशेषज्ञले भनेका छन्- अहिले पृथ्वीको तापक्रममा निकै गडबडी देखिएको छ
। त्यसको कारण सूर्यले पृथ्वीमा पठाउने किरणको प्रकोप हो। २०१२ को डिसेम्बरसम्ममा यो प्रकोपले सिंगो सृष्टि समाप्त हुन्ो विश्वास उनीहरूको छ।

परमाणु विस्फोटः युरोपमा बनिरहेको २७ किमि लामो विशाल परमाणु केन्द्र २०१२ मै बिसर्जन गर्ने योजना छ
। त्यो योजना लगभग असफल हुने पक्कापक्की भएको छ। सोही भयंकर धमाकाले धर्तीका सारा प्राणीको अन्त्य हुनेमा जानकारहरू विश्वस्त छन्।

धर्मग्रन्थः हिन्दू ग्रन्थमा कलि आउने र महाप्रलय हुने जुन कुरा उल्लेख छ- लगभग कलिको समाप्ति भनिएको वेला पनि यही हो
। महाप्रलयको प्रसंग पनि पृथ्वीको समाप्ति नै हो।

एउटा चिनियाँ ग्रन्थ 'चाइनिज बुक अफ चेन्जेज' ले पनि सलाई जोडतोडले उठाएको छ
। भौतिकशास्त्रीः अमेरिकाको बर्कली युनिभर्सिटीका भौतिकशास्त्रीको समूह पनि अचम्मित भएको छ। उनीहरूको गणितअनुसार धेरै अघि नै ध्वस्त भइसक्नुपर्ने पृथ्वी अझैसम्म सुरक्षित हुनु संयोग मात्र हो, २०१२ पछिचाहिँ पृथ्वी लगभग समाप्तै हुनेछ।

पुजारी-पादरीः अमेरिकाको एकजना पादरीले त त्यसअघि न्ौ धर्ती ध्वस्त हुने बताएका छन्
। मे २१ मा सृष्टिको समाप्ति हुने भविष्यवाणी गरेका ती पादरीले यसअघि थुप्रै असफल भविष्यवाणी गरिसकेका छन्। जापान, हाइटीलगायत ठाउँमा भएका विनाश परमेश्वरले विनाशपूर्व पठाएका पूर्वसूचना भएकाले सोहीअनुसार आफ्नो अन्तिम इच्छा पूरा गर्न ती पादरीले अनुरोध गरेका छन्।

अर्को ग्रहका प्राणीः पृथ्वीबाहेकका ग्रहमा मानिसभन्दा हजार गुणा तीक्ष्ण बुद्धि भएका प्राणी रहेको केही सौर्यमण्डल विशेषज्ञले विश्वास गरेका छन्


पृथ्वीवासीको प्रकृतिविरोधी गतिविधिबाट आजित उनीहरूले पृथ्वीमाथि आक्रमण तीव्र बनाएका छन्


। जापानको सुनामी र भूकम्प पनि तिनै अर्को ग्रहका प्राणील्ो गराएको कुरा केही जापानी टेलिभिजनले दिइरहेका छन्। जहाँ सुनामी र भूकम्प आइरहँदा एउटा अनौठो प्राणी आकाशमा दु्रतगतिमा दौडिरहेको देखिएको थियो।