नाकको चालले म्याद थप्नुपर्छ. ओली

पहिलो कुरा त, माओवादीले आन्दोलन फिर्ता लिएन। जनताले तीव्र प्रतिवाद गरेपछि स्थगित भयो। फेरि गछौं भन्यो, आन्दोलनका चर्का कार्यक्रम गर्ने भन्यो, सत्ता कब्जा गर्छौ भन्यो। माओवादीले जे भनिरहेको छ– त्यही कुरा बुझ्नुपर्छ। शब्दजालमा परेर गलत निष्कर्ष निकालियो भने त्यसले समस्याको समाधान होइन, अझै गम्भीर समस्या निम्त्याउँछ। उसले शान्तिपूर्ण बाटाहरु लत्याएर हिंडेको छ। यहाँ राजतन्त्र छैन, सामन्ती प्रथा छैन, निरंकुशता छैन, पञ्चायती राज छैन। यहाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल छ।
जनताद्वारा निर्वाचित संविधानसभा र संसद् छ। माओवादीसहित हामीले संयुक्त रुपमा बनाएको संविधान छ। अब शासन गर्ने प्रतिक्रियावादी शासक छैनन्। अनि यो तमासा र हिंसाको तयारी केका लागि? त्यसैले माओवादीले हिंसाको बाटो, हिंसाको नीति, हिंसाको व्यवहार छोड्नुपर्यो र शान्तिपूर्ण बाटाहरु अवलम्बन गर्नुपर्योर। दोस्रो कुरा माओवादी विद्रोह, कब्जा, जबरजस्तीका कुरा गर्छ। अति मे १ का दिनमात्रै संविधान भन्ने कुराको धज्जी उडायो। उनीहरु संविधानभन्दा बाहिर गएर आफ्ना इच्छाअनुसार हुनुपर्योा भनेर सडकबाट सत्ता परिवर्तन गर्न लागे। त्यसै हो भने संविधान किन बनाएको त? आफैंले संविधान बनाउने संविधान नमान्ने आफैं भाग लिएर चुनाव लड्ने अनि परिणाम नमान्ने! आफैं प्रमुख पार्टी हुन नमान्ने! आफैंले प्रतिनिधित्व गरे त्यो संसद् ठीक हुने त्यसले नेतृत्वमा आफूलाई छान्यो भने ठीक हुने, नछानेर अर्काेलाई छान्यो भने विदेशीको इसारामा हुने, प्रभुको इशारामा हुने। यो परिभाषाअनुसार अनुसार बलजफ्तीको असंवैधानिक बाटोबाट माओवादी संवैधानिक प्रक्रियामा आउनुपर्यो।
तेस्रो कुरा, लडाकु हतियार, जबरजस्तीका कुरा छोडेर राज्यले मात्रै सेना, प्रहरी वा हतियार राख्न सक्दछ, लडाकु दस्ता र हतियार राजनीतिक दलको हुन सक्दैन, यो जनसंगठनजस्तो होइन। त्यसैले लडाकु दस्ता लिएर हतियारधारी जमात लिएर हतियारका बलमा शक्ति लाद्न खोज्ने समूह राजनीतिक पार्टी हुन सक्दैन, त्यसकारण यी कुरा छोड्नुपर्छ। शान्तिप्रक्रियालाई दाउमा राखेर हामीले माओवादीलाई राजनीतिक पार्टी भने पनि वास्तवमा ऊ नागरिक पार्टी भैसकेकोे छैन। जब माओवादी लडाकु शिविरमा राखिए, सरकारी रासन पानीले पालिन थाले, त्यतिबेलादेखि उनीहरु माओवादी पार्टीको सामर्थ बाहिर हुनुपर्थ्याे। त्यो बफर जोन जो माओवादीबाट शिविरमा गइसकको र राज्यको मातहतमा आउने प्रक्रियामा रहेका लडाकुलाई सरकारले पारिश्रमिक र दानापानी दिने अनि विचार र काम माओवादीको हुने, पकड नियन्त्रण र प्रयोग माओवादीले गर्ने, यो कुरा नमिलेको हो। माओवादी नागरिक पार्टी हुन मजदुर नहुने कारणले नमिलेकोे हो। त्यसैले शान्तिको बाटो, संवैधानिक प्रक्रिया र नागरिक पार्टीमा रुपान्तरणको जरुरी छ। यी तीनवटा कुरा माओवादीले गर्नेबित्तिकै समस्या समाधान हुन्छ। गलत नियतको १ तिहाई माओवादी संविधानसभामा छ, उनीहरुकै कारण संविधान पास हुन सक्दैन, त्यही समस्याका कारण समयमै संविधान जारी नहुन सकेको हो। त्यसैले माओवादीको शाब्दिक चलाखीको धेरै अर्थ छैन।
प्रचण्डका पछिल्ला अभिव्यक्तिबाट माओवादी नागरिक पार्टी बन्न गइरहेको संकेत गरेको हो?
माओवादीको तरिका के हो भने, उसका दुईवटा कुरा हुन सक्छन्। धोका दिनलाई गुरिल्ला वारको युद्धनीति वा युद्धकौशल, युद्धतरिका, युद्धनीतिभित्र पर्दछन्। त्यसैले भनेका कुराहरु युद्धनीतिभित्र पर्दछन्। दोस्रो एक कदमअगाडि, एक कदमपछाडि! अप्ठ्यारो पर्योव भने दुई कदमपछाडि सारिदिने, सजिलो भयो भने अगाडि बढिदिने। त्यो वचनको ठेगाना पनि छैन। माओवादीको गजब त के छ भने अप्ठ्यारो पर्योई भने उसले जे गरे पनि मानिदिन्छ। जस्तो छ महिनाभित्र विशेष समितिमातहतमा लडाकुहरु आइसक्ने कुरा तीन वर्षअगाडि मानेको हो। कब्जा गरेको, घरजग्गा सम्पत्ति फिर्ता गर्ने कुरा उहिल्यै मानेको हो। तर गरेन। अप्ठ्यारो पर्यो भने मानेझैं गरिदिन्छ, त्यो लिखित कार्यान्वयन हुँदैन। अर्काे विषयान्तर छ। केही बुद्धिजीवी भन्नेहरु त्यो विषयमा कुद्छन्। भ्रममा पर्छन्, केही स्वार्थमा पर्छन्, स्वार्थ र भ्रमवश वा जुनसुकै कारण होस्– यसरी गलत दिशामा मुलुकलाई लग्ने गर्दछन्।
यसरी भ्रममा पारेर, सञ्चारमाध्यम, बुद्धिजीवी, व्यवसायीहरुलाई भ्रममा पारेर लोभमा राखेर, त्रासमा पारेर यस्ता गतिविधि सञ्चालन हुँदै गएका छन्। माओवादीले सफलताका साथ केही प्रयोग पनि गरेको छ। शाब्दिक रुपमा यस्तो हुन तयार उस्तो गर्न तयार भन्ने कुरा उधारा हुन्। त्यसैले उधारो कुरा गरेर आफ्नो कुरा माथि पार्ने माओवादीको तरिका हो। अहिलेसम्म किन माओवादी संवेदनशील बनेन।
ठीक छ, लडाकु राज्यलाई हस्तान्तरण गरोस् माओवादीले। कब्जा सम्पत्ति फिर्ता गरोस्, अर्काको सम्पत्ति फिर्ता गर्न आयोग बनाउनुपर्ने के कानुनी कुरा हो। त्यो देवानी मुद्दा पनि होइन– त्यो राज्यविरुद्धको फौजदारी मुद्दा हो।
अर्काको सम्पत्ति लुट्ने, फिर्ता गर भन्दा मुद्दा लड भन्नु भनेको शब्दाडम्बर हो। अहिले चाहिएको भनेको सकेसम्म चाँडो संविधान बनाउन के गर्नुपर्छ? त्यो हो जसले जे–जे भने पनि माओवादीको एकमात्र उद्देश्य सरकारको नेतृत्व आफूले गर्न खोज्नु हो। अहिले अर्काको सरकार हुँदा संविधानसभाको म्याद नथप्ने आफू नेतृत्वमा गएपछि म्याद थप्ने। यो जाली फटाहा काममा माओवादी लागेको हो।
माओवादीका पछिल्ला अभिव्यक्ति पनि जाली नै हुन् त?
बुधवारको याक एण्ड यतिको तथाकथित बुद्धिजीवीको भेला भनेको 'पोखेको उठाउने' भेला हो। पोखेको उठाउने भनेको, खुलामञ्चमा जसरी काठमाडौंवासीलाई बुद्धिजीवी, लेखक र जागिरेलाई जसरी गाली गरियो, तथानाम भनियो, बुद्धिजीवीहरुलाई धम्क्याइयो, तिमीहरु घेरामा पर्छाैं, ठीक पारेर छोड्छौं भनियो। अनि त्यो पोखिएको उठाउनलाई याक एण्ड यतिको आँगनमा भेला बोलाइयो। देशभरि पोखिएको उठाउनलाई याक एण्ड यतिको आँगनले पुग्दो रैछ। त्यही आगँनभरी पनि आम रुपमा माओवादीसमर्थक, माओवादीका भजनमण्डली र अरु केही जम्मा गरिए। तीमध्ये पनि छानिछानी वक्ता बनाइए। भजनमण्डली कुनै लाटाबहिराहरुको हुँदैन। बोल्न जान्नेहरुको भजनमण्डली बनाइन्छ। कर्कश स्वरवालाको भजनमण्डली हुँदैन– मधुर स्वर भएका व्यक्तिको नै हुन्छ। भजनसँग नाच्नेहरु पनि चाल मिलाएरै नाच्न जान्नेहरु जम्मा गरिन्छ। भजनमण्डली भनेको केहीलाई छोडेर बुधवारको त्यस्तै मण्डली थियो जुठा भजनमण्डलीले त्यहाँ पनि उपस्थित भएका मदनकृष्णहरुजस्ता देशले सम्मान गरेका बुद्धिजीवीलाई छोडेन। त्यस सभाको उद्देश्य पोखेको उठाउने हो। जति बिग्रियो– त्यसलाई सपार्न खोज्ने कुरा भयो। त्यसमा अलिकति गुलिया मिठा बचन बोल्नुपर्थ्याे– त्यही भयो। माओवादी चरित्रको पहिलो पाटो खुला मञ्चको पोख्ने सभा दोस्रो पाटो याक एण्ड यतिको उठाउने सभा।
तपाईंहरुले माओवादीको कडा आलोचना गरिरहनुभएको छ नि?
खै के कडा? कहाँनिर कडा? उनीहरुले काठमाडौंमा बस्ने, बुद्धिजीवी, व्यवसायी, कर्मचारीहरुका गला फुस्काइदिन्छु भन्दा कडा नहुने ? माओवादीको कडा आलोचना गर्योर भन्ने निरर्थक आधारहीन र तथ्यहीन कुरा हो। माओवादीले बहुदलीय लोकतान्त्रिक प्रणाली हुँदाहुँदै, शान्तिपूर्ण बाटो हुँदाहुँदै संवैधानिक बाटो छँदाछँदै, समाजका ज्योति भएर हिंड्ने व्यक्तिको हत्या गरी जनयुद्ध सुरु गर्योन। जनयुद्ध गरेन– अपराध र हत्याका श्रृंखला सुरु गर्योी, जनयुद्ध गरेर लुटमार गर्यो । जनयुद्ध गर्यो माओवादीले? के हत्याको श्रृंखला जनयुद्ध हुन्छ? के लुटमारबाट जनयुद्ध हुन्छ? माओवादीले छानिछानी मान्छे मरायो, रुवाएर विस्थापन गरायो, अंगभंगमात्र होइन– इतिहासमा कही नसुनिएका, शास्त्रमा कतै नपढिएका त्यस्तो निर्मम र बीभत्स तरिकाले मान्छेका हड्डी फुटाउने, करङ भाँच्ने, जहान परिवार आफन्तका अगाडि रेटेर कुट्ने, मार्ने, नाक काट्ने, आँखा निकाल्ने, कान काट्ने, कस्ता खालका नृशंस काम गरेन? तर त्यसका बाबजुद पुराना कुरा छोडौं अब अपराध नगरौं भनेर शान्ति प्रक्रियामा ल्याइयो। शान्ति प्रक्रिया भनेको माओवादीका अपराधको निरन्तरताका लागि होइन। हिजो अपराध भए पनि अब अपराध नहोस् भन्नका लागि हो। माओवादीले महान् काम गर्योा भनेर पनि ल्याएको होइन, शान्ति प्रक्रियामा। अनि तपाईं भन्नुहुन्छ कडा आलोचना। के प्रशंसा गर्ने? अहिलेसम्म संविधानसभाबाट निर्वाचित संविधान सम्भवतः सरकार छ। कठपुतली र असंवैधानिक भन्नु भनेको त्योभन्दा आधारहीन कुरा अर्को के हुन्छ। संविधान, संसद्, बहुमतबाट बन्दा वैधानिक नहुने, त्यही प्रक्रियामा पुष्पकमल दाहालको नेतृत्वमा बन्दा अवैधानिक नहुने? अनि एमालेसँग त्यही संसद् र सरकारमा बसेर काम गर्दा पवित्र हुने। संसद्मा भएका पार्टीको परिभाषा गर। एमाले, क्रान्तिकारी देशभक्त पार्टी हो कि होइन, काँग्रेस सहकार्य, समझदारी गर्न पर्ने पार्टी हो कि होइन, अरु पार्टी शत्रु पार्टी हुन् कि मित्र पार्टी हुन् खुलस्त भनियोस्। हाम्रो कुरा सुन माओवादी गलत विचार र सुन्दामा संलग्न उग्रवामपन्थी विचारधारको पार्टी हो। हामी शत्रु भन्दैनौं। गलत विचार छ त्यसलाई सच्याउनुपर्छ। माओवादीका नीतिलाई हामी समर्थन गर्दैनौं। माओवादीका विचार, व्यवहार र आचरणलाई समर्थन गर्दैनौं। हामी भन्छौं– उनीहरु सच्चिनुपर्दछ। हामीले शत्रु हो सिध्याउनुपर्छ भनेका छैनांैं गलत विचारलाई सच्याउनुपर्छ भनेका मात्र हौं।
जे जस्तै भए पनि संविधानसभाको प्रमुख दललाई नेतृत्व गर्न दिन्नौं भन्न मिल्छ र?
कसले भन्यो? सुरुमा नेतृत्व गर्न दिएकै हो नि। एमालेले काँध हालेको होइन र? अनि बेढंगी तरिकाले उफ्रिएर हिंडेको पार्टीलाई ल्याएर सहयोगी भएर एमाले बसेकै हो नि। अनि कसले दिएन? कहाँ दिएन। हामीले राष्ट्रिय सरकार बनाऊ भनेका हौं। हामीले काँग्रेसलाई पनि सरकारमा ल्याऊ भनेका हौं। कांग्रेस तयार थियो। माओवादीले आउन नदिएको होइन? अनि हामीले कसरी दिएनौं। सरकारको नेतृत्व दिएको छ, सरकार चलाउन दिएको छ, 'कू' को तयारी गर्योज। त्यस्तो अवस्थामा साथ छोड्नुपर्योस कि परेन? अनि प्रमुख पार्टीले नै सरकारको नेतृत्व गर्छ भन्ने लोकतन्त्रमा नेपालमा हाम्रो संविधानमा विश्वमा कहाँ छ? बहुमत प्राप्त गर्नुपर्छ, बहुमत छैन भने प्राप्त गर्न सक्नुपर्छ। बहुमत प्राप्त गर्नतिर ध्यान नदिने अहंकारमात्र देखाउने।
एमाले पनि वामपन्थी पार्टी हो, सुध्रदै लोकतान्त्रिक भएको छ, के माओवादी पनि लोकतान्त्रिक बन्ला? कुनै संकेत देख्नुभएको छ?
माओवादी वामपन्थी होइन– उग्रवामपन्थी हो। हामी उसलाई उग्रवामपन्थीबाट वामपन्थी बनाउने कोशिस गर्दैछौं। कम्युनिष्ट भनेको उल्टाउल्टा र बेढंगी कुरा गर्ने, समाजमा नमिल्दा कुरा गर्ने, विधिविधान नमान्ने अराजक र बेतुकका कुरा, बेतुकका काम, बेढंगी काम तथा व्यवहार, असामाजिक, असंवैधानिक, अराजकतावादी यस्ता क्रियाकलाप वामपन्थीबाट हुँदैन। वामपन्थ भनेको वैधानिक, वैज्ञानिक, आधुनिक उन्नत, व्यवथित विचार हो। जो मानवजातिले प्राप्त गरेका विचारहरुमा उन्नत खालको र देख्दै सुन्दर खालको विचार हुन्छ– न्याय र समानताको पक्षमा। मानवजातिलाई धम्क्याउने, थर्काउने, तर्साउने होइन– कमजोरहरुका निमित सुरक्षा, उसको सवलीकरणका नाममा उत्पात होइन– व्यवस्थित ढंगले अगाडि बढाउने हो। न्याय समानता र समृद्धिका पक्षमा प्रतिबद्ध हुन्छन् वामपन्थीहरु।
साँच्चै संकेत केही देख्नुभएको छ?
अस्तिको महान् तेस्रो जनआन्दोलन भनियो, त्यसलाई जनताले अस्वीकार गरेपछि आफैं सेलायो। यसै गरेर जनताले उग्रतत्वलाई अस्वीकार गर्ने हो भने माओवादी सच्चिन्छ। गालीगलौज गर्ने, सभाबाट गालीगलौज गर्दिनँ भन्ने याक एण्ड यतिको सभाबाट जनताले अलिकति जवाफ दियो भने माओवादी सच्चिंदो रहेछ भन्ने देखाएको छ। दिमागमा एकएक गरेर नाम लेखेको छ, ठीक पाछर्ौं भनेर गर्धन फुलाएर बोलेका गर्जन कहाँ गयो? माफ पाउँ है भन्दैमा पुग्छ। माओवादी गालीगलौज सभाबाट गालीगलौज सच्याउने सभामा आइपुग्दा जनताले जवाफ दियो भन्ने सच्चिन्छ भन्ने देखिएको छ। माओवादीलाई उचाइ दियो भने फेरि उस्तै हो। माओवादी सच्चिन खोज्दैछन् याक एण्ड यतिका केही भजनमण्डलीले सच्चिनु हुँदैन भने, माओवादी वाइसीएल विगठन गर्छु भन्दैछ, उनीहरुले माओवादी खुसी पार्न भंग गर्नु हुँदैन भने, सिफारिस र बिन्ती गरे। यसरी उचाले भने सच्चिंदैन। याक एण्ड यतिमा विभिन्न बर्काे ओढाएर भजनमण्डलीका सदस्यलाई बोल्न लगाइयो। त्यही बोलीको पछाडि माओवादी कुद्यो भने उसैलाई नोक्सान हुन्छ।
दुई वर्षमा संविधान बन्छ भन्ने कार्यतालिका नै गलत भएको हो कि, परिस्थिति नै यस्तो बनेको हो?
माओवादीलाई सुरुदेखि ठीक ठाउँमा नराख्नु गल्ती भयो। माओवादीको संविधानसभामा जुन सिट संख्या प्राप्त गर्यो्, त्यो संविधान बन्न नदिने कुराको निम्ति समस्या भयो। माओवादीको गलत नीति, सत्ताकब्जाको नीति, संविधान नबनाउने मनसाय र एक तिहाइभन्दा बेठीक हैसियत– त्यो नै अनुपयुक्त भयो। त्यही संख्या संविधान बन्न नसक्ने र द्वन्द्व व्यवस्थापन हुन नसक्ने कारण भयो। त्यही देशका निम्ति दुर्भाग्य भयो। माओवादी प्रमुख पार्टी हुनु समस्या होइन, एकतिहाई मत प्राप्त गर्नु समस्याको कारण भयो।
संविधानसभाको समय कति थप्नुपर्छ होला?
कार्यतालिकाअनुसार जति समयमा संविधान बनाउन सकिन्छ। अधिकतम ६ महिना भनेको छ संकटकाल भएमा। कार्यतालिकाअनुसार समयभित्र संविधान बनेन भने ६ महिना नाघ्न हुँदैन। संविधानसभाको म्याद त्यसै पनि थप्न पाइँदैन यो संविधान मिचेकै हो। तोकिएकै मितिमा संविधान बनेन भने संकटकाल लगाएर ६ महिना थप्ने भनेको हो। त्यस परिस्थितिमा पनि अल्पकालीन अवस्थामा समय थपियो भने पनि विनाकार्यतालिका संविधानसभाले काम गर्नेवाला छैन। त्यसैले कामको संकल्प, कार्ययोजना र प्रतिबद्धता विना नै समय थप्ने हो भने त्यो अर्थहीन हुन्छ। यसले समस्याको नयाँ सिलसिला चलाउने काममात्रै हुन्छ।
अबको समाधान के देख्नुहुन्छ त?
संविधान बनाउने संकल्पका साथ के के गर्न कति समय लाग्छ समयतालिकासाथ कार्यतालिकाको आधारमा समय थपमात्रै कामको अपेक्षा गर्न सकिन्छ, नत्र भने हुँदैन। संविधान उल्लंघनले अर्को उल्लंघनको सिलसिला नगरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ। यो संशोधन उल्लंघन हो, जसको कुरा हामी गर्र्दैछौं। उल्लंघनले उल्लंघनको सिलसिला नै चल्यो भने त्यसले अराजकतालाई बढावा दिन्छ। उल्लंघन उल्लंघनकै लागि नजिर बन्छ।
संविधान उल्लंघन हुन्छ त भन्नुभयो यसलाई रोक्ने सजिलो मध्यमार्ग औंल्याइदिनुस् न?
यो त माओवादी पार्टीको व्यवहार, उसले अवलम्बन गरेको बाटो र हतियारधारी व्यक्तिको जत्थाका रुपमा ऊ रहने र उसले संविधान बनाउने नभई सत्ता कब्जा गर्ने मनसाय लिने र द्वन्द्व व्यवस्थापन गर्न नदिने त्यस्तो पार्टीको हातमा एक तिहाइभन्दा बढी मत हुने। संविधानसभा रहने र संविधानसभाको म्याद सिद्धिने? उल्लंघन त भइसक्यो, दुई वर्षभित्र संविधानसभा प्रभावकारी भएन, संविधानसभाले संविधान दिन सकेेन, जनताका सबै प्रतिनिधिलाई माओवादीले पंगु बनाइदिए, जनप्रतिनिधिलाई संविधान बनाउन दिएन माओवादीले। राजनीतिक कारणले रोकिदिए।
संविधान उल्लंघन नहुने बाटो कुन हो त?
अबको बाटो माओवादीले संवैधानिक नीति, शान्ति प्रक्रिया र नागरिक पार्टीको बाटो समाउनुपर्योप, संविधान लेख्ने प्रतिबद्धता गर्नुपर्योव र कार्यतालिका प्रतिबद्धता हुनुपर्योय। समय तोकेरै तालिकाअनुसार काम गर्ने हो भने सबैभन्दा न्यूनतम बाटो त्यही हो।
संविधान बनाउने कुरामा एमाले र माओवादीबीचको फरक मत कुन हो?
प्रजातन्त्र र तानाशाहीबीच जे फरक हुन्छ– त्यही हो। म त्यसको व्याख्या गरिरहन चाहन्नँ, एकदलीय सर्वस्तारवादी तानाशाही पोलपोटवादी शासन, जे हुनु त्यो माओवादीले भनेको कुरा हो र लोकतन्त्र भन्दा विश्वव्यापी रुपमा जे बुझिन्छ– त्यो हामीले भनेको कुरा हो।
यति ठूलो भिन्नताबीच संविधान बन्ला र?
त्यही कारण त बनेन। माओवादी लोकतन्त्रमा नआइकन ऊ बनाउनै चाहँदैन। को जवाफदेही छ यसमा। माओवादी नीति र माओवादीका हैसियत (सबैभन्दा बढी सिटको संविधानसभाको हैसियत) त्यही दुखद कुरा हो।
प्रधानमन्त्री माधवकुमार नेपालको चौतर्फी आलोचना भइरहेको छ, उहाँले राजीनामा दिए के बिग्रन्छ?
राजीनामा दिंदा केही बिगँ्रदैन। तर आलोचना कहाँ भयो, माओवादीले मागेको होइन। एउटाले सरकार बनाउन दिएन त्यसको रिस अर्कोतिर। त्यस्तो पनि हुन्छ कहीं। माधव नेपालले संविधान बन्न नदिएको छ? माधव नेपालले नेपाल बन्द गराएको हो? माधव नेपाल हो सडकमा उफ्रिने अनि अनिश्चितकालीन हड्ताल गर्ने? अनि एउटाले संविधानसभा महिनौं बन्द गराउँछ, संविधान बन्न दिंदैन, सरकारले सकेन भनिन्छ। एउटाले बांगो कुरा गर्छ अनि भनिन्छ सरकारले मिलाएन। दलहरुले मिलाउनुपर्योम नि।
माओवादीले प्रधानमन्त्रीले राजीनामा नदिए हामी संविधासनभाको म्याद थप्दैनौं भन्दैछन् नि?
नथपे भयो नि त। तर तपाईंलाई भनिदिउँ– माओवादीले त्यसो भनेपछि माधव नेपालले राजीनामा गर्छन् र आफू प्रधानमन्त्री बन्न बाटो खुल्छ भनेर हो। आफू प्रधानमन्त्री बनेपछि त्यही नथप्ने हो। अहिले माओवादीले नाकका चालले थप्छ थपेन भने प्रमुख पार्टीको हैसियत २३८ सभासद्को भत्ता र अरु सबै चीज सरकार फेर्ने काम संसद्को बहुमतले गर्छ। संसद्को बहुमतले राख्न नचाहेपछि त्यही प्रधानमन्त्री रहन्छ र? अनि यो कपाल लुछेर खुट्टा टक्टक्याएर, छाती पिटेर रोएको किन यो। बडा ताजुब लाग्छ। संविधानसम्मत सरकार परिवर्तन र गठन गर्छ। फेरि प्रधानमन्त्री हुन मन लाग्यो रे। फेरि प्रधानमन्त्री हुन महान् जनआन्दोलन, घरघरमा खुसी, शान्ति समृद्धि पाउनका लागि सत्यले रोजीरोटी पाउनका लागि आफैं शासनबाट हटेको मान्छे फेरि प्रधानमन्त्री हुनका लागि के भनेको यो बहुमत नभएकाले सरकार पाउनुपर्ने।
सरकारले पनि संविधान निर्माणको चाँजोपाँजो मिलाउनुपर्ने त हो नि?
माओवादी यसरी सत्ता कब्जामा लागेपछि कसरी चाँजोपाँजो मिलाउनु। त्यसैले धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तो हुन जान्छ र माओवादीले सबैभन्दा ठूलो नोक्सानी व्यहोर्छ। त्यसले माओवादीले नाकका चालले संविधानसभाको म्याद थप्छ। धाक लगाउँछ बाहिर थप्दैनौं भनेर। आफूले सरकार लिएपछि नथप्ने षड्यन्त्र छ उसको। अनि कसले हटाउछ संसद् हुँदैन। उसको कुरा त्यो हो। उसको कुरामा कोही लाटो जानेवाला छैन। त्यसकारण माओवादीले संविधानसभा समाप्त पार्योक। म्याद थप्दिन भनेर कसैले भनेको छ? सड्यन्त्र एक डेढ वर्ष अगाडिदेखि सडक सड्यन्त्र गर्दैछ। अहिलेसम्म संविधान लेख्न नदिने षड्यन्त्र मा माओवादी नै हो। अब माओवादीको योजना संविधानसभाको म्याद माधव नेपालको राजीनामा नभएसम्म नथप्ने। राजीनामा भयो भने आफू सरकारमा जाने। सरकारमा गएर संविधानसभाको म्याद नथप्ने र प्रमुख पार्टीका हैसियतले संविधान जारी गर्ने योजना हो मोआवदाीको। त्यो योजना सफल हुन सक्दैन। र राष्ट्रिय सहमतिका निम्ति बाधक हुँदैनौ भनेर हामी सबैले भनेका अब यस्तो माओवादीको नेतृत्वमा सरकार सम्भव छैन। राष्ट्रिय सहमतिको सरकारका निम्ति हामी माओवादीलाई आव्हान गर्दछौं। जिद्धिका अगाडि हामी झुक्दैनौं, संविधान मात्र मान्छौं। माओवादीको धाकधक्कु अगाडि हामी नतमस्तक हुँदैनौं, संविधानस, संविधानसभा, संसद्का अगाडि नतमस्तक हुन्छौं। देश र जनताका अगाडि नतमस्तक हुन्छांै।
राष्ट्रिय सहमतिका निमित्त माधव नेपालले राजीनामा दिएर कुनै अर्काे पार्टीको व्यक्ति ल्याउदा हुँदैन?
त्यो त बनाउन भनेकै छौ नि हामीले।
सम्भावना कतिको छ त?
माओवादीले मान्ने अवस्था जेन्दिन म अहिले। माओवादीको एक सूत्रीय एजेण्डा आफ्नो नेतृत्वको सरकार र सत्ता कब्जा त्यही छ। त्यो हुनेवाला छैन। हामी मान्दैनौं।
माओवादीले जेठ ११–१४ मा अर्को चरणको आन्दोलन शसक्त गर्ने भन्दैछन नि?
सशक्त भन्नाले काठमाडौं आयो फर्कियो। अब ११ गते देखि कार्यक्रम गरेर १४ गते एउटा ठूलो कार्यक्रम गर्ने भनेको छ। १४ गते माओवादीले एउटा पुस्तक विमोचन कार्यक्रम भव्य रुपमा खुला मञ्चमा राख्छ। त्यहा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७ भन्ने एउटा पुस्तक छ त्यो किताबको विमोचन गर्छन्। अनि त्यो पुस्तक विमोचन नै यो श्रृंखलाको अन्तिम कुरा हुनेछ। महान जनआन्दोन २/४ पत्रकारका क्यामरा फुटाउने २/४ पत्रकारलाई घाइते बनाउने कुरामा टुंिगयो। रिसाएको बिरालोले खाँबो चिथोर्छ मैले भन्ने गेको छ। त्यो कुरा माइतीघर मण्डलाको वरिपरि पत्रकार कुटेर कसरी खाबो थिर्यो भन्ने कुरा र काठमाडौंका जनतालाई खुलामञ्चबाट कसरी मुख छाडे खाबो कसरी चिथोर्छ भन्ने कुरा देखिन्छ। त्यो खाँबो चिथोर्छ कुरा पनि पोखिएको उठाउने सभा याक एण्ड यतिमा सम्पन्न भैसक्यो। अब तेस्रो आन्दोलन त गैसक्यो। अब साढे तेस्रो महान जनआन्दोलन हुन्छ, जसको महान अध्यक्ष प्रचण्डको खुला मञ्चमा पुस्तक विमोचन गरि समापन गरिर्दैछ।