Tuesday, May 25, 2010

युनिटीको स्वामित्व रहेको बैंक राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौं, जेठ ११ 
गैर कानुनी नेटवर्क व्यवसाय गर्दै आएको युनिटी लाइफलाई संस्थापक सेयर बिक्री गरेको तथा युनिटी टावरबाट बैंकका सबै कामकारबाही संचालन गरेको फेला पारेपछि नेपाल राष्ट्र बैंकले मध्यमाञ्चल ग्रामिण विकास बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ।
नेटवर्कमार्फत ठगीधन्दामा संलग्न युनिटी लाइफले राष्ट्र बैंकलाई कुनै जानकारी नै नदिइ ग्रामीण विकास बैंकको नाम परिवर्तन गरी युनिटि ग्रामीण विकास बैंक बनाएको थियो। बैंकको नेटवर्कको प्रयोग गरी अनुचित फाइदा उठाई ऋणी ग्रामीण गरिब महिलाहरूलाई युनिटी लाइफ इन्टरनेशनलको कार्यक्रमको सदस्य बनाएको, बैंकका संस्थापकरसंचालक युनिटी लाइफ इन्टरनेशनलको ठगी कार्यमा संलग्न रहेको देखिएपछि राष्ट्र बैंकले नियन्त्रणमा लिनु परेको जनाएको छ।
राष्ट्र बैंकले बैंकको संचालक समितिलाई निलम्बन गरेको छ। नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिई उक्त बैंक संचालन गर्न ३ सदस्यीय व्यवस्थापन समूह गठन गरी व्यवस्थापन तथा कारोवार संचालन गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

No comments: