Tuesday, May 25, 2010

इयूद्वारा लिम्बूवान-खम्बूवानसँग गर्ने भनिएको भेटप्रति सरकारको आपत्ति

काठमाडौं, जेष्ठ 
सरकारले यूरोपियन यूनियनले लिम्बूवान तथा खम्बूवानसँग गर्ने भनेको भेटप्रति आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले दुवै संगठन अवैद्य भएको दाबी गरेको छ ।
'यूरोपियन यूनियनका सांसदहरुको टोलीसँग २८ मेमा हुने भनिएको लिम्बूवान र खम्बूवानसँगको भेट तालिकाप्रति ध्यानाकर्षण भएको छ,' मंगलबार विज्ञप्ती जारी गर्दै परराष्ट्रले भनेको छ, 'यी समूह न त संविधानसभामा प्रतिनिधित्व गरेका छन्, न राजनीतिक तथा नागरिक संगठन नै हुन्, दुवै अवैद्य समूह हुन् ।'
परराष्ट्र मन्त्रालयले लिम्बूवान र खम्बूवानसँगको गर्ने भनेको भेटलाई स्वीकार गर्न नसक्ने जनाएको छ । 'सरकार यस प्रकारका बैठकको बिपक्षमा छ । यसले कुटनीतिक मर्यादा उलंघन गरेको छ,' विज्ञप्तीमा भनिएको छ ।

No comments: