पकनाजोल नयाँ बजारस्थित पिपुल्स डेण्टल एण्ड कलेज अस्पतालका संस्थापक तीर्थरत्न बर्जाचार्यको ७ औ पुण्यतिथिको अवसरमा उनको तस्वीरमा माल्यापर्ण गर्ने क्रममा खनाल लडेका हुन् । माल्यापर्ण गर्ने क्रममा मंचको प्वालमा खुट्टा छिरेर खनाल घाइते भएका हुन् ।
डेण्टल अस्पतालकै आकस्मिक कक्षमा उपचार गराएपछि उनलाई थप उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ ।
आर्थिक प्रलोभन देखाई प्रहरीका असईद्वारा अपाङ्ग माहिलालाई करणी
कारवाहीको माग गर्दै स्थानियवासीद्वारा चौकी घेराउ
धनकुटा, जेठ । प्रहरी नायब निरीक्षकले अपांगता भएकी एक दलित महिलालाई आर्थिक प्रलोभन देखाई धनकुटाको अर्खौले जितपुर प्रहरी चौकीका असई हरिश चौधरीले करणी गरेका छन् । सो घटनाको बिरोधमा जितपुरका बासिन्दाले बुधबार जितपुर प्रहरी चौकी घेराउ गरेका थिए । अर्खौले जितपुर ७ की बोल्न नसक्ने दलित महिलालाई आर्थिक प्रलोभन देखाएर असई चौधरीले करणी हुन् ।तीन छोराकी आमा ती महिलालाई शारीरिक सम्पर्क गरी फरार भएका असई चौधरीलाई कारबाही गर्न माग गर्दै स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पीडित महिलालाई चौधरीको ३ महिनाको तलब उपलब्ध गराउने र कारबाही गर्ने सर्तमा मिलापत्र गराएको बताइएको छ ।
छलफलपछि असई चौधरीलाई स्थानीयबासीसामु माफी माग्दै ५ पटक उठबस समेत गराएको अर्खौले जितपुर गाविसका पूर्व अध्यक्ष रुद्र तुम्बाले जानकारी दिनुभयो । पीडित महिला श्रीमानसँग छुटि्टएर माइतीमा बस्दै आएकी थिइन् । घटनापछि असई चौधरीलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको छ र जितपुर प्रहरी चौकीमा अर्का असई पठाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
No comments:
Post a Comment