Friday, June 25, 2010

सरकारको नेतृत्व अव साना दलहरुले गर्ने

काठमाडौं असार, सरकारमा रहेका सहितका साना दलले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने ठहर गरेका छन्।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १६ दलको बैठकले संविधान निर्माणको प्रक्रियालाई अघि बढाई शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सहमतिको राष्ट्रिय सरकार गठन गर्नु महŒवपूर्ण कुरा भएको निष्कर्ष निकालेको हो। बैठकले शान्ति र संविधान निर्माणको काममा तीन ठूला दलले जनताको अपेक्षा अनुरुप जिम्मेवारी पूरा गर्न नसकेको ठहर गर्दै सरकारले मुलुकमा असुरक्षा महँगी बेरोजगारी विभेद र अव्यवस्था नियन्त्रण गर्न नसकेको निष्कर्ष निकालेको छ। बैठकले अनियन्त्रित वन फँडानीले मुलुक मरुभूमीकरण हुँदै गएको मल र सिँचाइको अभावले किसान प्रभावित बनेको संसद्को अधिवेशन सुचारु गर्नेतर्फ सत्तारुढ र प्रतिपक्षी दल उदासीन बनेको निष्कर्ष निकालेको छ।
बैठकले संविधान लेखन कार्यलाई सुचारु बनाउने विषयमा सबै सकारात्मक रहेको अवस्थामा तीन ठूला दलले बेवास्ता गरेको आरोप पनि लगाएको छ। बैठकले शान्तिप्रक्रिया संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कार्यलाई तीव्रता दिँदै संविधान लेखन प्रक्रियालाई सुचारु नगरिए जनदबाब सिर्जना गर्न साना २२ दल एक भएर जनताको बीचमा जाने निर्णय पनि गरेको छ। बैठकले आन्दोलनको नारा समेत तय गरेको छ।
सरकारका उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तीन दलले भावी प्रधानमन्त्रीको नाम सर्वसम्मतिले दिन नसके २२ साना दलले सर्वसम्मत विकल्प दिने बताउनुभएको छ। साना १६ दलको बैठकपछि उपप्रधानमन्त्री गच्छदारले तीन दलमा भावी प्रधानमन्त्रीको नाममा सहमति जुट्न नसकेको अवस्थामा साना दलले एकजुट भएर विकल्प दिने बताउनुभएको हो। आफू सधैं माओवादी सहित सरकारको पक्षमा रहेको दाबी गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान निर्माण कार्य र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउन सक्ने ठोकुवा गर्नुभयो।

No comments: