नया“दिल्ली, जेष्ठ -
समुदायमाथि हालैका केही सातामा भएका सांघातिक हमला रोकिएको ठानेका मेघालयका नेपालीभाषीहरू आइतबार बिहानै एउटा नेपाली स्कुलमा आगलागी भएपछि आत्तिएका छन् । खासीहरूको भनी शंका गरिएको एउटा समूहले सिलाङबाट ५० किलोमिटर टाढाको मौनसुन्न्रम नेपाली अपर प्राइमरी स्कुलमा बिहान अर्ढाई बजेतिर आगो लगाइदिएको थियो ।
कक्षा सातसम्म नेपाली र हिन्दी माध्यममा पठाइ हुने स्कुलमा ८३ विद्यार्थी पढ्छन् । 'बडो अफसोचमा छौं,' विद्यालय सञ्चालन समितिका अध्यक्ष पुण्य सुवेदीले कान्तिपुरस“ग फोनमा भने, 'यसै भन्न सकिएको छैन किन आक्रमण भयो । विद्यार्थी यहा“ आधा नेपाली, आधा खासी नै छन् । खासी शिक्षकहरू पनि छन् ।'
मेघालयको रिभोई जिल्लामा पर्ने उक्त क्षेत्रमा दसकौंअघि नेपाली समुदायको बलियो उपस्थिति हु“दा बच्चाहरूले मातृभाषा नेपालीमै शिक्षा लिन सकुन् भनेर खोलिएको थियो । 'बाबाहरूको जमानामा बनाएको हो,' १९६५ मा स्थापित स्कुलभन्दा तीन किलोमिटर परको क्लेउ गाउ“मा जन्मेहर्ुर्केका सुवेदीले भने, 'समाजबाट बनाएको । पहिला हाम्रा बहुत घर थिए । हामी यहीं पढेको ।' आफ्ना पिताहरूसमेत गाउ“मै जन्मेको उल्लेख गर्दै उनले गाउ“का बहुमत खासीहरूस“ग कुनै समस्या नभएको बताए । स्कुल भएको गाउ“ मौनसुन्न्रममा चाहि“ नेपालीभाषी सात परिवार मात्रै छैनन् । केही समयअघि गाउ“ बाहिरका खासीहरूको एउटा समूह ती परिवारलाई आक्रमण गर्न पुग्दा खासी गाउ“बुढाको नेतृत्वको टोलीले भगाएको थियो ।
स्कुलमाथि भएको आक्रमणलाई गाउ“कै खासीहरूले पनि मन पराएका छैनन् । उनीहरूले विद्याको थलो जलाइ“दा घाटा सबैलाई पुगेको उल्लेख गर्दै नेपाली समुदायलाई नडराउन र परेको सबै सहयोग गर्न तत्पर रहेको जानकारी दिएका छन् । खासमा गाउ“बुढाले नै स्कुल जल्दाजल्दै देखेका थिए । 'अर्ढाई बजेतिर स्कुल भवन आगोको लप्कामा देख्दा म स्तब्ध भए“,' गाउ“बुढा अरिस्तार र्याङखाङले 'सिलोङ टाइम्स' पत्रिकालाई बताएका छन्, 'मद्दतका लागि म चिच्याए“ तर मध्यरातमा आगो निभाउन को आउने -' जस्ताले छाइएको काठे घरमा आगो छिट्टै फैलि“दा केही समयमै स्कुलको पुरानो भाग सबै सकिएको उनले बताए ।
स्कुलमा लोअर प्राइमरी तहका लागि दर्ुइवटा र अपर प्राइमरीका लागि एउटा भवन छन् । तीमध्ये प्राथमिकको ठूलोचाहि“ भवन जलेर पूरै ध्वस्त भएको शिक्षक सुवास चाम्पङले बताए । 'खै अब के गरी केटाकेटी पठाउने हो, निर्ण्र्ाागर्न सकेका छैनौं,' उनले भने, 'त्रिपाल ओढाउन पनि ठाउ“ छैन ।'
असम र मेघालय सिमानाको विवादित गाउ“ लाम्पीमा नेपालीभाषीहरूलाई आक्रमण गर्न गएका खासीहरूमध्ये चार जनालाई असम प्रहरीले गोली हानी मारेपछि खासीहरूले मेघालयमा बस्ने गोर्खा र प्रवासी नेपालीमाथि आक्रमण गर्न थालेका थिए । त्यसपछि मेघालय प्रशासनले प्रहरीको एउटा टोली यो स्कुल र आसपास बस्ने नेपालीभाषीको सुरक्षार्थ पठाएको थियो । स्थिति सामान्य भएको ठान्दै प्रहरी टोली केही दिनअघिमात्र त्यहा“बाट फर्केको थियो ।
लाम्पीमाथिको स्वामित्वलगायत सीमा विवाद टुंग्याउन शुक्रबार दर्ुइ राज्यका मुख्यमन्त्रीहरूले असमको राजधानी गुवाहटीमा बैठक गरेका थिए । 'नडराओ, बाहिरियाले गरेको भनेका छन् गाउ“बुढाहरूले,' स्कुलनजिकै बस्ने चाम्पङले भने, 'तर र्सतर्क त रहनै पर्यो ।'
खासी, गारो र जयन्तियाजस्ता आदिवासीहरूका लागि स्थापित मेघालय राज्यमा अल्पमतमा रहेको नेपालीभाषीहरूले आफ्नो पहिचान जोगाउने उपायका रूपमा नेपालीभाषी स्कुलहरूलाई लिएका छन् । सिलाङका तीन नेपालीभाषी उमावि तथा राज्यका अन्य भागमा समेत १० जति मावि र दर्जनौं प्राथमिक/निमावि छन् । 'हाम्रो समुदायको अस्तित्व यिनै स्कुलहरूस“ग जोडिएको छ,' सिलाङको तीन माइलस्थित १९५७ मा स्थापित नेपाली माध्यमको स्कुलमा बितेका १५ वर्षेखि पढाइरहेकी शिक्षिका अनामिका र्राईले भनिन्, 'विद्याको मन्दिर हो स्कुल । एउटा नेपाली स्कुललाई जलाउ“दा अब अरूलाई पनि डर पसेको छ ।'
'आतंकै फैलेको छ,' सिलाङको नङथुमाई नेपाली उमाविमा बितेका ४० वर्षेखि पढाइरहेका प्राचार्य दर्ुगाप्रसाद जोशीले सोमबार भने, 'हाम्रो आत्मा रोएको छ स्कुल जलाइ“दा । हाम्रो जातिले मात्र होइन नेपाली माध्यमका स्कुलमा सबैले शिक्षा पाएका छन् । अब डरमर्दो भएको छ । त्यसैले मैले पठाउने चारतल्ले भवनको आजै बिमा गराए“ ७६ लाखमा ।'
हालैका केही वर्षरूमा 'बजारको मागका कारण' अन्य बच्चाहरूझैं नेपालीहरूमा पनि अंग्रेजीप्रति आकर्षा बढिरहेकाले स्कुलबाट विषयै लोप हुन नदिन उनीहरूलाई नेपाली पढ्न घच्घच्याएको र्राईले बताइन् । स्कुलमा अंग्रेजी पढाउने तर नेपालीमा दर्ुइवटा कविता संग्रह र एउटा कथा संग्रह लेखेकी दार्जिलिङकी र्राईले भनिन्, 'नेपाली पढ्न नचाहने अरू जातिले ऐच्छिक अंग्रेजी लिनसक्ने प्रावधान छ । अचेल नेपालीका बच्चाले पनि त्यसो गर्न थालेपछि मैले नै तिनलाई नेपालीको कक्षतिर धकेलेकी छु । कसैले नपढ्ने हो भने भाषा मर्छ । अनि हामी कसरी बा“च्छौं -'
No comments:
Post a Comment