Wednesday, July 7, 2010

मलेसियाको जेल र क्याम्पमा पुग्यो संयुक्त अनुगमन टोली

क्वालालम्पुर । मलेसियाका जेल तथा क्याम्पहरुमा विभिन्न कारणले सजाय काट्दै आइरहेका नेपाली मजदुरहरु लाइ मलेसिया स्थित प्रवासी नेपाली मजदुर संघ मलेसिया, नेपाली दुतावास मलेसिया र तमु समाज मलेसिया को संयुक्त टोलीले मंगलबार अध्ययन तथा अनुगमन गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर देखि दक्षिण पूर्वी स्थानमा रहेको काजाङस्थित लिङकिङ क्यापमा विभिन्न अभियोगमा सजाय भोगीरहेका २९ जना नेपाली मजदुरहरु रहेको अनुगमन टोलीमा सरिक हुनुभयका प्रवासी नेपाली मजदुर संघका अध्यक्ष अमर ओली "श्रमजिवी" ले बताउनु भयको छ । २७ जना अबैधानिक अभियोगमा समातिएका हुन्, भने एक जना अपहरण र एक जना मानव बेचबिखन अभियोगमा समातिएका हुन्। ‘क्याम्प भित्र रहेका मजदुरहरु विगत एक हप्ता देखि २ वर्ष सम्म सजाय भोगिरहेका छन् ।
प्रवासी नेपाली मजदुर संघ मलेसियाका अमर ओली "श्रमजिवी" नेपाली दुतावास मलेसियाका कृष्ण विष्ट, हर्क लामा र तमु समाज मलेसियाका सुर्य गुरुङ समेतको एक टोलीले उक्त क्यापमा रहेका नेपाली मजदुरहरु को अनुगमन गरेको हो । क्यापमा रहेका २९ मध्ये २० जनाको नेपाल फर्कन मिल्ने यात्रा अनुगमन पत्र छिटै बन्ने भएकोले उनीहरु छिट्टै नेपाल फर्कन मिल्ने अनुगमन टोलीले बताएको छ । बाँकी ९ जनाका आफन्तहरु सम्पर्कमा नआएका कारण छिट्टै मुक्त हुन सक्ने अवस्था छैन । टोलीका अनुसार टिकट दिने कोहि भए अपहरणकारी बाहेक अन्य ८ जना मुक्त भई नेपाल फर्कन सक्ने छन् ।
ढेड महिना देखि १६ जना नेपाली श्रमिक अलपत्र
क्वालालम्पुर । मलेसियाको इपो पेराकमा रहेको लेटेस्ट ग्लोव कम्पनीमा डेढ महिना अगाडि आएका १६ जना नेपाली अलपत्र अवस्थामा परेका छन । विभिन्न पाँच वटा मेन पावरवाट आएका उनीहरु कम्पनीले वेवास्था गरेको कारण अलपत्र परेका हुन । चौध सय रिगेट अर्थात लगभग नेपाली ३३ हजार रुपैया खर्च गरि चार वटा टेक्सी रिर्जभ गरेर उनीहरु क्वालालम्पुर आई पुगेका हुन ।मलेसिया स्थित नेपाली दुतावासको सहयोगमा घर फर्कने तयारी गरिरहेका उनीहरु मध्ये ७ जनाको नेपालवाट फर्कने टिकट आईसकेको बताइएको छ । वाँकि अन्य नेपाली श्रमिकहरुलाई प्रवासी नेपाली मजदुर संघले सहयोग गरिरहको संघका अध्यक्ष अमर ओली "श्रमजिवी"ले जानकारी गराउनु भएको छ । ओलीका अनुसार पिडित वाँकि नेपालीहरु पनि छिटै घर फर्कने छन ।

Friday, June 25, 2010

सरकारको नेतृत्व अव साना दलहरुले गर्ने

काठमाडौं असार, सरकारमा रहेका सहितका साना दलले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने ठहर गरेका छन्।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १६ दलको बैठकले संविधान निर्माणको प्रक्रियालाई अघि बढाई शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सहमतिको राष्ट्रिय सरकार गठन गर्नु महŒवपूर्ण कुरा भएको निष्कर्ष निकालेको हो। बैठकले शान्ति र संविधान निर्माणको काममा तीन ठूला दलले जनताको अपेक्षा अनुरुप जिम्मेवारी पूरा गर्न नसकेको ठहर गर्दै सरकारले मुलुकमा असुरक्षा महँगी बेरोजगारी विभेद र अव्यवस्था नियन्त्रण गर्न नसकेको निष्कर्ष निकालेको छ। बैठकले अनियन्त्रित वन फँडानीले मुलुक मरुभूमीकरण हुँदै गएको मल र सिँचाइको अभावले किसान प्रभावित बनेको संसद्को अधिवेशन सुचारु गर्नेतर्फ सत्तारुढ र प्रतिपक्षी दल उदासीन बनेको निष्कर्ष निकालेको छ।
बैठकले संविधान लेखन कार्यलाई सुचारु बनाउने विषयमा सबै सकारात्मक रहेको अवस्थामा तीन ठूला दलले बेवास्ता गरेको आरोप पनि लगाएको छ। बैठकले शान्तिप्रक्रिया संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कार्यलाई तीव्रता दिँदै संविधान लेखन प्रक्रियालाई सुचारु नगरिए जनदबाब सिर्जना गर्न साना २२ दल एक भएर जनताको बीचमा जाने निर्णय पनि गरेको छ। बैठकले आन्दोलनको नारा समेत तय गरेको छ।
सरकारका उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तीन दलले भावी प्रधानमन्त्रीको नाम सर्वसम्मतिले दिन नसके २२ साना दलले सर्वसम्मत विकल्प दिने बताउनुभएको छ। साना १६ दलको बैठकपछि उपप्रधानमन्त्री गच्छदारले तीन दलमा भावी प्रधानमन्त्रीको नाममा सहमति जुट्न नसकेको अवस्थामा साना दलले एकजुट भएर विकल्प दिने बताउनुभएको हो। आफू सधैं माओवादी सहित सरकारको पक्षमा रहेको दाबी गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान निर्माण कार्य र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउन सक्ने ठोकुवा गर्नुभयो।

खाडी र मलेसिया जाने कामदारको अभाव

काठमाडौं,असार
खाडी मुलुक तथा मलेसिया जानका लागि नेपाली कामदारको अभिरुचि कम भएपछि कामदारको अभाव हुन थालेको छ । सस्तो कामदारका रूपमा हेरिने खाडी मुलुक तथा मलेसियामा खर्च बढी र आम्दानी कम भएपछि कामदारको अभाव हुन थालेको हो ।
श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमले सरकारले कम खर्चमा बढी आम्दानी हुने ढंगमा वैदेशिक रोजगारमा कामदार पठाउन लागेको बताए । 'सरकारले बढी खर्च उठाएर कम आम्दानीमा पठाउने म्यानपावर कम्पनीमाथि निगरानी राख्नेछ ।'
सरकारले विदेश जाने कामदारले ६ महिनाभित्रमा आफ्नो लागत उठाउने कार्यक्रम ल्याएर त्यसलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्री आलमले म्यानपावर कम्पनीले रसिदभन्दा बढी रकम लिएको देखिएमा त्यस्ता कम्पनीलाई वैदेशिक रोजगार विभागमार्फ कारबाही गरिने जानकारी दिए ।
निजी क्षेत्र भने सरकारको स्पष्ट नीति नभएसम्म कामदार अभाव हुने क्रम नघट्ने जिकिर गर्छन् । न्यूनतम् तलबका लागि व्यवसायी तयार भए पनि सरकारले स्पष्ट नीति ल्याउन नसकेको उनीहरूको गुनासो छ । फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले बढी कामदार जाने मुलुक कतारबाहेक अन्यत्र द्विपक्षीय श्रम सम्झौता नभएकाले न्यूनतम् पारिश्रमिकमा जटिलता रहिरहने बताए । 'व्यवसायी न्यूनतम् पारिश्रमिक दिन हर तरहले इच्छुक छन्,' अध्यक्ष कटुवालले भने, 'सरकारले पनि यसका लागि सहजकर्ताको भूमिका खेल्न सक्नर्ुपर्छ । उनले साउदी अरेबिया, बहराइन, दर्ुबईलगायतका मुलुकमा द्विपक्षीय श्रम सम्झौता गर्न सकेमा त्यसले उपलब्धि हासिल हुने जानकारी दिए ।
कोरियाको रोजगारमा धेरैको अभिरुचि भएकाले खाडी मुलुक जाने कामदारमा प्रभाव परेको छ । मेसिन रिडेबल पासपोर्ट -एमआरपी) का कारण राजधानी काठमाडौं केन्द्रित राहदानी वितरणका कारण पनि कामदार अभाव हुन थालेको छ । अध्यक्ष कटुवालले एमआरपी प्रकरण चाँडै नटुंगिएमा तीन महिनापछि वैदेशिक रोजगार ठप्प हुने र त्यसको रेमिटयान्समा गम्भीर धक्का पुर्‍याउने जिकिर गरे ।
व्यवसायीका बीचमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि कामदारले बढी पैसा तिर्नुपर्ने र कम आम्दानी गरेको विदेशको काम गरेर फर्किएकाको गुनासो छ । भर्खरै साउदीबाट र्फकेका शिव क्षेत्रीले फिलिपिनो र श्रीलंकाका कामदारले आठ सय 'रियाल' पाउँदा नेपालीले पाँच सय ५० पनि नपाएको अवस्था भएको जानकारी दिए । उनले एक वर्षा पनि लागत उठाउन नसक्ने नेपाली युवाको दर्दनाक व्यथा आफूले देखेको राजधानीलाई बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले अस्वस्थ्य प्रतिस्पर्धा पनि एउटा कारण भएको स्वीकार गरे । उनले विभागमा हुने झन्झटिला प्रक्रिया र सरकारी सहुलियतको अभावमा पनि लागत वृद्धि हुन पुगेको बताए । उनले कामदारको अभाव हुन नदिन व्यवसायीले बढी आम्दानी हुने क्षेत्रमा मात्र कामदार पठाउनर्ुपर्ने अवस्था आएको जिकिर गरे ।
माओवादी धम्कीपछि शान्ति समितिका कार्यक्रम स्थगित
म्याग्दी असार।
एनेकपा माओवादीको धम्कीपछि स्थानिय शान्ति समितिद्वारा सञ्चालित विभिन्न कार्यक्रम स्थगित गरिएको छ ।
शान्ति समितिका संयोजक नेत्रबहादुर हमालले माओवादी अवरोधका कारण गाउँ शान्ति समिति गठन लगायतका अन्य कार्यक्रहरू स्थगित गर्नु परेको बताए । माओवादीका जिल्ला सहईन्चार्ज देवराज सुवेदीले ०६७ असार १० गते शान्ति समितिको कार्यालयमा पुगी माओवादीको सहभागिता विना कुनै कार्यक्रम सञ्चालन गरे 'कडा रुपमा प्रस्तुत हुने' धम्की दिएका थिए ।
माओवादी धम्कीपछि सशस्त्र द्वन्द्वको क्रममा राज्य र गैरराज्य पक्षबाट हत्या गरिएका, बेपत्ता बनाइएका र अङ्गभङ्ग बनाइएका पीडितका परिवारका लागि तय गरिएका तालिमहरू पनि प्रभावित भएको छ ।

Wednesday, June 9, 2010

मंचमा लडेर एमाले अध्यक्ष घाइते

काठमाडौ, जेष्ठ  - राजधानीमा आयोजित एक कार्यक्रममा पुगेका एमाले अध्यक्ष झलनाख खनाल मंचमा लडेर घाइते भएका छन् । दायाँ खुट्टामा चोट लागेका उनको मनमोहन अस्पताल सोहृखुट्टेमा उपचार भइरहेको छ ।
पकनाजोल नयाँ बजारस्थित पिपुल्स डेण्टल एण्ड कलेज अस्पतालका संस्थापक तीर्थरत्न बर्जाचार्यको ७ औ पुण्यतिथिको अवसरमा उनको तस्वीरमा माल्यापर्ण गर्ने क्रममा खनाल लडेका हुन् । माल्यापर्ण गर्ने क्रममा मंचको प्वालमा खुट्टा छिरेर खनाल घाइते भएका हुन् ।
डेण्टल अस्पतालकै आकस्मिक कक्षमा उपचार गराएपछि उनलाई थप उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ ।

आर्थिक प्रलोभन देखाई प्रहरीका असईद्वारा अपाङ्ग माहिलालाई करणी
 कारवाहीको माग गर्दै स्थानियवासीद्वारा चौकी घेराउ
धनकुटा,  जेठ । प्रहरी नायब निरीक्षकले अपांगता भएकी एक दलित महिलालाई आर्थिक प्रलोभन देखाई धनकुटाको अर्खौले जितपुर प्रहरी चौकीका असई हरिश चौधरीले करणी गरेका छन् । सो घटनाको बिरोधमा जितपुरका बासिन्दाले बुधबार जितपुर प्रहरी चौकी घेराउ गरेका थिए । अर्खौले जितपुर ७ की बोल्न नसक्ने दलित महिलालाई आर्थिक प्रलोभन देखाएर असई चौधरीले करणी हुन् ।
तीन छोराकी आमा ती महिलालाई शारीरिक सम्पर्क गरी फरार भएका असई चौधरीलाई कारबाही गर्न माग गर्दै स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पीडित महिलालाई चौधरीको ३ महिनाको तलब उपलब्ध गराउने र कारबाही गर्ने सर्तमा मिलापत्र गराएको बताइएको छ ।
छलफलपछि असई चौधरीलाई स्थानीयबासीसामु माफी माग्दै ५ पटक उठबस समेत गराएको अर्खौले जितपुर गाविसका पूर्व अध्यक्ष रुद्र तुम्बाले जानकारी दिनुभयो । पीडित महिला श्रीमानसँग छुटि्टएर माइतीमा बस्दै आएकी थिइन् । घटनापछि असई चौधरीलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको छ र जितपुर प्रहरी चौकीमा अर्का असई पठाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Tuesday, June 8, 2010

मेघालयमा फेरी आक्रमण

नया“दिल्ली, जेष्ठ -
समुदायमाथि हालैका केही सातामा भएका सांघातिक हमला रोकिएको ठानेका मेघालयका नेपालीभाषीहरू आइतबार बिहानै एउटा नेपाली स्कुलमा आगलागी भएपछि आत्तिएका छन् । खासीहरूको भनी शंका गरिएको एउटा समूहले सिलाङबाट ५० किलोमिटर टाढाको मौनसुन्न्रम नेपाली अपर प्राइमरी स्कुलमा बिहान अर्ढाई बजेतिर आगो लगाइदिएको थियो ।
कक्षा सातसम्म नेपाली र हिन्दी माध्यममा पठाइ हुने स्कुलमा ८३ विद्यार्थी पढ्छन् । 'बडो अफसोचमा छौं,' विद्यालय सञ्चालन समितिका अध्यक्ष पुण्य सुवेदीले कान्तिपुरस“ग फोनमा भने, 'यसै भन्न सकिएको छैन किन आक्रमण भयो । विद्यार्थी यहा“ आधा नेपाली, आधा खासी नै छन् । खासी शिक्षकहरू पनि छन् ।'
मेघालयको रिभोई जिल्लामा पर्ने उक्त क्षेत्रमा दसकौंअघि नेपाली समुदायको बलियो उपस्थिति हु“दा बच्चाहरूले मातृभाषा नेपालीमै शिक्षा लिन सकुन् भनेर खोलिएको थियो । 'बाबाहरूको जमानामा बनाएको हो,' १९६५ मा स्थापित स्कुलभन्दा तीन किलोमिटर परको क्लेउ गाउ“मा जन्मेहर्ुर्केका सुवेदीले भने, 'समाजबाट बनाएको । पहिला हाम्रा बहुत घर थिए । हामी यहीं पढेको ।' आफ्ना पिताहरूसमेत गाउ“मै जन्मेको उल्लेख गर्दै उनले गाउ“का बहुमत खासीहरूस“ग कुनै समस्या नभएको बताए । स्कुल भएको गाउ“ मौनसुन्न्रममा चाहि“ नेपालीभाषी सात परिवार मात्रै छैनन् । केही समयअघि गाउ“ बाहिरका खासीहरूको एउटा समूह ती परिवारलाई आक्रमण गर्न पुग्दा खासी गाउ“बुढाको नेतृत्वको टोलीले भगाएको थियो ।
स्कुलमाथि भएको आक्रमणलाई गाउ“कै खासीहरूले पनि मन पराएका छैनन् । उनीहरूले विद्याको थलो जलाइ“दा घाटा सबैलाई पुगेको उल्लेख गर्दै नेपाली समुदायलाई नडराउन र परेको सबै सहयोग गर्न तत्पर रहेको जानकारी दिएका छन् । खासमा गाउ“बुढाले नै स्कुल जल्दाजल्दै देखेका थिए । 'अर्ढाई बजेतिर स्कुल भवन आगोको लप्कामा देख्दा म स्तब्ध भए“,' गाउ“बुढा अरिस्तार र्‍याङखाङले 'सिलोङ टाइम्स' पत्रिकालाई बताएका छन्, 'मद्दतका लागि म चिच्याए“ तर मध्यरातमा आगो निभाउन को आउने -' जस्ताले छाइएको काठे घरमा आगो छिट्टै फैलि“दा केही समयमै स्कुलको पुरानो भाग सबै सकिएको उनले बताए ।
स्कुलमा लोअर प्राइमरी तहका लागि दर्ुइवटा र अपर प्राइमरीका लागि एउटा भवन छन् । तीमध्ये प्राथमिकको ठूलोचाहि“ भवन जलेर पूरै ध्वस्त भएको शिक्षक सुवास चाम्पङले बताए । 'खै अब के गरी केटाकेटी पठाउने हो, निर्ण्र्ाागर्न सकेका छैनौं,' उनले भने, 'त्रिपाल ओढाउन पनि ठाउ“ छैन ।'
असम र मेघालय सिमानाको विवादित गाउ“ लाम्पीमा नेपालीभाषीहरूलाई आक्रमण गर्न गएका खासीहरूमध्ये चार जनालाई असम प्रहरीले गोली हानी मारेपछि खासीहरूले मेघालयमा बस्ने गोर्खा र प्रवासी नेपालीमाथि आक्रमण गर्न थालेका थिए । त्यसपछि मेघालय प्रशासनले प्रहरीको एउटा टोली यो स्कुल र आसपास बस्ने नेपालीभाषीको सुरक्षार्थ पठाएको थियो । स्थिति सामान्य भएको ठान्दै प्रहरी टोली केही दिनअघिमात्र त्यहा“बाट फर्केको थियो ।
लाम्पीमाथिको स्वामित्वलगायत सीमा विवाद टुंग्याउन शुक्रबार दर्ुइ राज्यका मुख्यमन्त्रीहरूले असमको राजधानी गुवाहटीमा बैठक गरेका थिए । 'नडराओ, बाहिरियाले गरेको भनेका छन् गाउ“बुढाहरूले,' स्कुलनजिकै बस्ने चाम्पङले भने, 'तर र्सतर्क त रहनै पर्‍यो ।'
खासी, गारो र जयन्तियाजस्ता आदिवासीहरूका लागि स्थापित मेघालय राज्यमा अल्पमतमा रहेको नेपालीभाषीहरूले आफ्नो पहिचान जोगाउने उपायका रूपमा नेपालीभाषी स्कुलहरूलाई लिएका छन् । सिलाङका तीन नेपालीभाषी उमावि तथा राज्यका अन्य भागमा समेत १० जति मावि र दर्जनौं प्राथमिक/निमावि छन् । 'हाम्रो समुदायको अस्तित्व यिनै स्कुलहरूस“ग जोडिएको छ,' सिलाङको तीन माइलस्थित १९५७ मा स्थापित नेपाली माध्यमको स्कुलमा बितेका १५ वर्षेखि पढाइरहेकी शिक्षिका अनामिका र्राईले भनिन्, 'विद्याको मन्दिर हो स्कुल । एउटा नेपाली स्कुललाई जलाउ“दा अब अरूलाई पनि डर पसेको छ ।'
'आतंकै फैलेको छ,' सिलाङको नङथुमाई नेपाली उमाविमा बितेका ४० वर्षेखि पढाइरहेका प्राचार्य दर्ुगाप्रसाद जोशीले सोमबार भने, 'हाम्रो आत्मा रोएको छ स्कुल जलाइ“दा । हाम्रो जातिले मात्र होइन नेपाली माध्यमका स्कुलमा सबैले शिक्षा पाएका छन् । अब डरमर्दो भएको छ । त्यसैले मैले पठाउने चारतल्ले भवनको आजै बिमा गराए“ ७६ लाखमा ।'
हालैका केही वर्षरूमा 'बजारको मागका कारण' अन्य बच्चाहरूझैं नेपालीहरूमा पनि अंग्रेजीप्रति आकर्षा बढिरहेकाले स्कुलबाट विषयै लोप हुन नदिन उनीहरूलाई नेपाली पढ्न घच्घच्याएको र्राईले बताइन् । स्कुलमा अंग्रेजी पढाउने तर नेपालीमा दर्ुइवटा कविता संग्रह र एउटा कथा संग्रह लेखेकी दार्जिलिङकी र्राईले भनिन्, 'नेपाली पढ्न नचाहने अरू जातिले ऐच्छिक अंग्रेजी लिनसक्ने प्रावधान छ । अचेल नेपालीका बच्चाले पनि त्यसो गर्न थालेपछि मैले नै तिनलाई नेपालीको कक्षतिर धकेलेकी छु । कसैले नपढ्ने हो भने भाषा मर्छ । अनि हामी कसरी बा“च्छौं -'

Tuesday, May 25, 2010

इयूद्वारा लिम्बूवान-खम्बूवानसँग गर्ने भनिएको भेटप्रति सरकारको आपत्ति

काठमाडौं, जेष्ठ 
सरकारले यूरोपियन यूनियनले लिम्बूवान तथा खम्बूवानसँग गर्ने भनेको भेटप्रति आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले दुवै संगठन अवैद्य भएको दाबी गरेको छ ।
'यूरोपियन यूनियनका सांसदहरुको टोलीसँग २८ मेमा हुने भनिएको लिम्बूवान र खम्बूवानसँगको भेट तालिकाप्रति ध्यानाकर्षण भएको छ,' मंगलबार विज्ञप्ती जारी गर्दै परराष्ट्रले भनेको छ, 'यी समूह न त संविधानसभामा प्रतिनिधित्व गरेका छन्, न राजनीतिक तथा नागरिक संगठन नै हुन्, दुवै अवैद्य समूह हुन् ।'
परराष्ट्र मन्त्रालयले लिम्बूवान र खम्बूवानसँगको गर्ने भनेको भेटलाई स्वीकार गर्न नसक्ने जनाएको छ । 'सरकार यस प्रकारका बैठकको बिपक्षमा छ । यसले कुटनीतिक मर्यादा उलंघन गरेको छ,' विज्ञप्तीमा भनिएको छ ।

नेपालीमूलका माथि आक्रमण बढेपछि नेपाल छिर्ने बढे

काँकडभिट्टा, जेठ ११ 
भारतको मेघालयबाट नेपालीभाषीलाई खासी समुदायले जिउँदै जलाउने र लखेट्नेक्रम जारी रहेपछि आज २ सयभन्दा बढी नेपालीभाषी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश छन्।कोइलाखानीमा २२ वर्षदेखि काम गर्दैआएका धरानका ४५ वर्षीय शम्भु राईले भने - 'नेपालीमाथि निरन्तर भएको शृङ्खलाबद्ध आक्रमणबाट जोगिन रातरात भागेर हामी समूहसमूह बनाई आजमात्र पाँच गाडी नेपाल फर्किएका हौँ।' उनले भने - 'तीन दिनसम्म त कोठाबाट बाहिर निस्कन पनि सकेनौँ, फोनमा नै साथीहरुसँग सम्पर्क गरेर योजना बनाई राति नै भागेर आयौं।'
नेपाल फर्कनेमा गाईघाट, धनकुटा, धरान, विराटनगर, मोरङ र झापाका रहेका छन्।
पूर्वोत्तर भारतको मेघालय र आसामको सीमावर्ती लाङ्गपी प्रकरणपछि दुईजना नेपालीलाई जिउँदै जलाएर खासी समुदायले हत्या गरेका थिए भने नौजना नेपालीको कोइलाखानीमा लुक्ने हुँदा पुरिएर मृत्यु भएको थियो।
हालसम्म सो घटनामा १४ जना नेपाली भाषीले ज्यान गुमाएको र हजारौँ नेपाली मेघालयबाट विस्थापित भएर आसामको सिल्टर, बोको, जयन्तीलगायतका स्थानमा आश्रय लिइरहेको आजै नेपाल फर्किएका गाईघाटका बलबहादुर तामाङले जानकारी दिए। - रासस
 

युनिटीको स्वामित्व रहेको बैंक राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौं, जेठ ११ 
गैर कानुनी नेटवर्क व्यवसाय गर्दै आएको युनिटी लाइफलाई संस्थापक सेयर बिक्री गरेको तथा युनिटी टावरबाट बैंकका सबै कामकारबाही संचालन गरेको फेला पारेपछि नेपाल राष्ट्र बैंकले मध्यमाञ्चल ग्रामिण विकास बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ।
नेटवर्कमार्फत ठगीधन्दामा संलग्न युनिटी लाइफले राष्ट्र बैंकलाई कुनै जानकारी नै नदिइ ग्रामीण विकास बैंकको नाम परिवर्तन गरी युनिटि ग्रामीण विकास बैंक बनाएको थियो। बैंकको नेटवर्कको प्रयोग गरी अनुचित फाइदा उठाई ऋणी ग्रामीण गरिब महिलाहरूलाई युनिटी लाइफ इन्टरनेशनलको कार्यक्रमको सदस्य बनाएको, बैंकका संस्थापकरसंचालक युनिटी लाइफ इन्टरनेशनलको ठगी कार्यमा संलग्न रहेको देखिएपछि राष्ट्र बैंकले नियन्त्रणमा लिनु परेको जनाएको छ।
राष्ट्र बैंकले बैंकको संचालक समितिलाई निलम्बन गरेको छ। नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिई उक्त बैंक संचालन गर्न ३ सदस्यीय व्यवस्थापन समूह गठन गरी व्यवस्थापन तथा कारोवार संचालन गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Thursday, May 20, 2010

अनिष्ट संकेत देखापरेको भन्दै जनजातिद्वारा संविधानसभा अगाडि आकस्मिक धर्ना

काठमाडौं, जेष्ठ ११ 
नेपाल आदिवासी जनजाति महासंघले संविधानसभा विघटन हुने अनिष्ट संकेत देखापरेको भन्दै मंगलबार दिउँसोदेखि आकस्मिक धर्ना सुरु गरेको छ ।
संविधानसभाको पश्चिमतर्फ महासंघका पदाधिकारीहरु धर्नामा बसेका छन् । संविधानसभा विघटन गरी मुलुक गम्भीर संकटमा पर्न लागेको भन्दै शान्ति र नयाँ संविधान प्राप्तिका लागि आगाडि अनिश्चितकालीन धर्ना सुरु गरिएको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।
महासंघको मंगलबार बिहान बसेको आकस्मिक बैठकले धर्ना दिने निर्णय गरेको थियो । संविधान बनाउनुपर्ने संविधानसभा विघटनको संघारमा पुग्नु अनिष्टको तयारी भएको भन्दै संविधानसभाको बचाउका लागि धर्ना दिने निर्णय गरेको लेखीले जनाएका छन् ।
संविधानसभा विघटन भए सबैभन्दा पीडित आदिवासी जनजाति, सीमान्तकृत, मधेसी, दलित र अल्पसंख्यक जाति नै बन्ने भएकाले संविधानसभा जोगाउन धर्ना सुरु गरिएको महासंघले जनाएको छ । महासंघले यसअघि पनि संविधानसभा विघटन हुनबाट जोगाएर अल्पकालका लागि म्याद थप्न आग्रह गरेको थियो ।
आदिवासी जनजाति महासंघले सुरु गरेको अनिश्चितकालीन धर्नामा सभासदहरु शान्ता चौधरी, टासी  गुरुङसेनी, सोनाम छेदुङ तथा राज्य पुनर्संरचना आयोगका अध्यक्ष गणेशमान गुरुङले पनि धर्नास्थलमा पुगेर ऐक्यवद्धता जनाएका छन् ।

Monday, May 10, 2010

सार्थक वार्तामा आउनुस्: प्रधानमन्त्री

काठमाडौ, वैशाख


प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार लिखित पत्रै पठाएर प्रमुख विपक्षी माओवादीलाई राजनीतिक गतिरोध अन्तका लागि 'सार्थक वार्ता' मा आउन औपचारिक आग्रह गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार खुलामञ्चमा आयोजित सभामा आमहडताल स्थगनको सकारात्मक जवाफ दिन सरकारलाई दुई दिन समय दिएबमोजिम प्रधानमन्त्रीले पत्रमार्फत संवादको आग्रह गरेका हुन् । हडताल फिर्ताको घोषणासँगै माओवादीले सरकारको जवाफ हेरेर वार्तामा बस्ने- नबस्ने निर्णय गर्ने जनाएको थियो ।
प्रधानमन्त्रीको पत्र पाएलगत्तै बसेको माओवादी स्थायी कमिटी बैठकले भने वार्तामा नबस्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री नेपालले सबै समस्या र मतभेदको समाधान वार्ता र शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाट गर्ने दिशामा अग्रसर हुन अध्यक्ष दाहाल र उनको दल माओवादीलाई आग्रह गरेको पत्रमा उल्लेख छ । 'लोकतन्त्र, शान्ति र राष्ट्रिय हितका लागि संवाद र सहमतिका आधारमा उपयुक्त निष्कर्षमा पुग्न प्रधानमन्त्रीको हैसियतले अविलम्ब सार्थक वार्ताका लागि हार्दिक आमन्त्रण गर्दछु,' उनले पत्रमा भनेका छन् ।
सहमति र सहकार्यबाटै यहाँसम्म आइपुगेको स्मरण गराउँदै प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष दाहाललाई आफूसमेतको सहभागितामा निर्मित संवैधानिक प्रक्रियाबाटै समस्या समाधानको बाटो खोज्न आग्रह गरेका छन् । अन्तरिम संविधान र विगतमा भएका सम्झौताका आधारमा अगाडि बढेमा समस्याको समाधान गर्न सकिने उनको विश्वास छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार विगत सहमतिको इमान्दारीपूर्वक पालना र सहमतिका लागि सार्थक वार्तालाई उनले समस्या समाधानको रोडम्यापका रूपमा प्रस्तुत गरेका छन् ।
उता माओवादी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको पत्र वाचन र छलफलपछि बैठकले उनको राजीनामालाई संवादको पूर्वसर्त बनाउने निर्णय गरेको हो । 'प्रधानमन्त्रीले राजीनामा नदिएसम्म वार्ता हुँदैन, उहाँले राजीनामा दिएर सहज वातावरण बनाउनुपर्छ,' बैठकपछि संवाददातासँग प्रवक्ता दीनानाथ शर्माले भने । उनले बैठकमा प्रधानमन्त्रीको पत्र वाचन गरी ध्यानपूर्वक सुन्ने काम भएको बताए ।
सडक आन्दोलनको दबाबमा राजीनामा नगर्ने अडान राख्दै प्रधानमन्त्री नेपालले दलहरूको सहमतिमा निस्कने राजनीतिक निकासलाई सहयोग गर्ने बताउँदै आएका छन् । सत्तारूढ दलहरूले नागरिक दलका रूपमा माओवादीको रूपान्तरण र लडाकु समायोजनको प्रक्रिया अघि बढाउने प्याकेजमा सहमति भए राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका खुल्ने बताउँदै आएका छन् । शान्ति, संविधान र शक्ति बाँडफाँडसहितका ६ बुँदामा छलफल गर्न तयार भए पनि सत्तारूढ दल र माओवादीका प्राथमिकता मिलेका छैनन् । माओवादीले सरकारलाई पहिलो प्राथमिकतामा छलफल गर्न चाहेको छ भने अन्य दलहरू भने शान्ति प्रक्रियासहितका अरू विषयमा टुंगो लगाएर मात्र शक्ति बाँडफाँडको विषयमा प्रवेश गर्ने अडानमा छन् ।

Wednesday, May 5, 2010

माओवादी आमहड्तालको प्रतिकारमा उत्रिए जनता

काठमाडौं, वैशाख
 माओवादीले घोषणा गरेको आन्दोलनको पाँचौं दिनमा आइपुग्दा विभिन्न स्थानमा प्रतिकारका घटना भएका छन्। प्रतिकारमा उत्रिएका स्थानीय र माओवादीबीच एक दर्जन बढी स्थानमा झडप भएका छन्। काठमाडौंकै जनता प्रतिकारमा

माओवादी हड्तालको प्रतिकारमा काठमाडौंकै जनता उत्रिएका छन्। बसुन्धरा, बुढानिलकण्ड, आरुबारी, कीर्तिपुरमा बन्दकर्ता र स्थानीयबासीबीच झडप भएको छ। नारा लगाउँदै चाबहिलबाट अघि बढिरहेको जुलुसमाथि अरुबारी क्षेत्रका बासिन्दाले आक्रमण गरेपछि झडप भएको छ।
बूढानिलकण्ठमा पनि माओवादी र स्थानीयबासीबीच झडप भएको छ। प्रतिकारमा संगठति समूह नभइ स्वतस्फुर्त प्रतिरोधमा उत्रिएका जनता सहभागी रहेको घटनास्थलबाट नागरिकन्युजकर्मी विकास कार्कीले बताएका छन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। जोरपाटीमा हड्तालविरुद्ध सर्वसाधारणले विरोध र्‍याली निकालेका छन्।
आफ्नो पसल खोलेर बसेकालाई माओवादीले कुटपीट गरेपछि जोरपाटीका स्थानीय प्रतिकारमा उत्रिएका हुन्। राजन क्षेत्र, प्रेमबहादुर क्षेत्री सहितका स्थानीयलाई आक्रमण गरेपछि स्थानीय हड्तालको प्रतिरोधमा उत्रिएका हुन्।
वीरगञ्ज हड्तालको पाँचौं दिन बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु युवा संघका कार्यकर्ताले हड्तालविरुद्ध नाराबाजी गरेपछि माओवादीसँग भिडन्त भएको हो। भिडन्तमा वाइसीएलका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा धर्ती चौधरी र उमेश पट्टेल छन्। माओवादी आन्दोलनको शिविर स्थानीयबासीले आगो लगाइ दिएका छन्। शिविरमा आन्दोलनकारी खाने बस्ने गर्दै आएका थिए। बिहान युवा संघको नेतृत्वमा भएको प्रतिकारमा स्थानीय बासिन्दा थपिएका थिए। भिडन्तको मुडमा रहेका माओवादी कार्यकर्ता र हड्तालविरुद्ध आक्रोसित स्थानीयबीच मुढभेडको सम्भावना बढेपछि सुरक्षाकर्मीले कर्फ्युको सूचना दिँदै सर्वसाधारणलाई घर फर्कन आह्वान गरेको वीरगञ्जबाट नागरिकन्युजकर्मी उपेन्द्र लामिछानेले जनाएका छन्।
हेटौंडामा सडकमा बसेर प्रदर्शन गरिरहेका माओवादी कार्यकर्तालाई युथफोर्सले लखेटोको छ। थोरै संख्यामा माओवादीलाई युथफोर्सले लखेटेपछि पछि मा‌ओवादीले ठूलो संख्यामा सडकमा कार्यकर्ता उतारेको छ। लोथरमा हिजो वाइसीएलले हत्या गरेका आफ्ना कार्यकर्ताको हत्यारा खोज्दै युथफोर्स घरघर गएर सोधपुछ गरेको चितवनबाट नागरिकन्युजकर्मी चाँदनी हमालले जनाएकी छन्।
सुनसरीको तरहराका सर्वसाधारणले आमहड्ताको अवाज्ञा गर्दै बजार खोलेका छन्। लगातारको आमहड्तालमा दैनिक उपभोग्य सामान खरीद गर्न सर्वसाधारणको दैनिक जनजीवन अस्तव्यस्त बनेपछि स्थानीयबासीले बजार खोलेका हुन्।
स्थानीयबासीले बजार खुलाउन र जनजीवन सहज पार्न मणिराम श्रेष्ठको अध्यक्षतामा ब्यापार प्रबर्दन समिति समेत निर्माण गरेका छन्। नागरिक समाजका अध्यक्ष महेन्द्र गिरीले माओवादीको आमहड्ताल अर्थहीन र सर्वसाधारणलाई दुःख दिने काम मात्र भएकाले स्थानीयबासीले अवज्ञा गर्दै बजार खुलाएको बताए।
बजार खुलाएपछि अतिआवश्यकीय सामान खरीद गर्नेको चहलपहल बढेकोछ। स्थानीयबासीले बजार खुलाएपछि हरेक विहीबार लाग्ने साप्ताहिक बजार पनि लागेको छ। तरहरा क्षेत्रमा आमहड्तालको पहिलो र दोस्रो दिन बाक्लो माओवादी ककार्यकर्ताको उपस्थिती बाक्लो रहे पनि तेस्रो दिनदेखि उपस्थिति शून्य देखिएको इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काले जनाएका छन्।

Tuesday, May 4, 2010

बिरामी परे आन्दोलनकारी

काठमाडौ/नेपालगन्ज/दाङ , वैशाख 


माओवादीको आमहडतालमा सहभागी झन्डै चार सय माओवादी कार्यकर्ता अव्यवस्थित बसोबास र खानपानबाट बिरामी परेका छन् । बिरामी पर्नेमा राजधानीमा ४०, नेपालगन्जमा ३ सय र दाङमा ४० जना छन् ।
झाडापखालाबाट बिरामी परी राजधानीका विभिन्न अस्पतालमा भर्ना भई उपचार गराउने आन्दोलनकारीको संख्या मात्र ४० भन्दा बढी छ । माओवादी स्वास्थ्यकर्मीद्वारा सञ्चालित शिविरमा अझै के कति आन्दोलनकारीको उपचार भइरहेको छ भन्ने खुल्न सकेको छैन ।
'शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्र आइतबार र सोमबार गरी २६ जना आन्दोलनकारी भर्ना गरिएका छन्,' स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले भने, 'झाडापखालाको महामारी नफैलोस् भनेर हामी उहाँहरूसँग समन्वय गरिरहेका छौं ।' टेकुमा
दुई दिन गरी ८ जना भर्ना र १८ जनाको इमर्जेन्सीमा उपचार गरिएको छ ।
राजधानीकै मोडेल अस्पतालमा दुई दिनयता १२ जना झाडापखाला, पेट र टाउको दुख्ने समस्याले ग्रस्त आन्दोलनकारीको उपचार गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. भरत प्रधानले बताए । डा. प्रधानका अनुसार स्वच्छ र शुद्ध खानपान लगायतका कारणले संक्रमण सुरु भएको हुन
सक्छ । क्लोरिन हाली शुद्ध नपारिएको ट्यांकरबाट ल्याएर खुवाइने पानी नपिउन पनि डा. प्रधानले सुझाव दिएका छन् । संक्रमणले भयावह रूप लिने आशंकामा इपिडिमियोलजीले विभिन्न माओवादी क्याम्पहरूमा झाडापखालाको औषधि माओवादी स्वास्थ्यकर्मीमार्फत पठाएको छ । डा. ठाकुरले शुद्घ पानीको अभावमा झाडापखालाको संक्रमण फैलिएको बताए ।
'हिजोदेखि बिरामी परें,' कोटेश्वरस्थित क्याम्पका एक कार्यकर्ताले भने, 'काँचो भात र पानीले पखाला चल्यो ।' आफूलाई 'अमित किराँती' बताउने ती युवा ओखलढुंगाबाट पाँच दिनअघि राजधानी आएका हुन् ।
सामान्य औषधि सेवन गर्दासमेत सञ्चो नभएपछि उनी आन्दोलनमा सहभागी हुन छाडी शिविरमै आराम गरिरहेका छन् ।
राजधानीमा मात्र नभई मुलुकको विभिन्न भागमा समेत माओवादी आन्दोलनमा संलग्न कार्यकर्ताहरू शुद्घ खाना र पानी तथा उचित बासस्थान अभावमा बिरामी पर्न थालेका छन् ।
नेपाल चिकित्सक संघले आमहडतालको पहिलो दिनै उपत्यका लगायतका ठाउँमा महामारी फैलिन नदिन आन्दोलनमा संलग्न माओवादी कार्यकर्तालाइ शुद्घ खाना, पानीसहित उचित बासस्थानको व्यवस्था गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरिसकेका छन् ।
संघका अध्यक्ष डा. केदारनरसिंह केसीले आन्दोलनकारीको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन माओवादी र सरकारलगायतले तुरुन्त आवश्यक पहल गर्नुपर्ने बताए ।
नेपालगन्ज आएका करिब तीन सय आन्दोलनकारी बिरामी परेका छन् । धूलो, चर्को गर्मी र जथाभावी खानपिनले उनीहरू बिरामी परेको स्वास्थ्यकर्मीले बताएका छन् । 'बिरामी परेका तीन सय कार्यकर्ताको उपचार गराइसकेका छौं,' माओवादी बाँके सहइञ्चार्ज आईपी खरेलले भने, 'पेट र टाउको दुख्ने तथा झाडापखालाका बिरामी धेरै छन् ।'
आन्दोलन परिचालन कमिटीको प्राथमिक उपचार टोलीले उपचार गरे पनि २६ जनालाई भेरी अञ्चल अस्पतालमा उपचार गराइएको थियो । तीमध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
अव्यवस्थित बसोबास र अशुद्ध खाना र पानीका कारण आन्दोलनकारी बिरामी भएको हुनसक्ने भेरी अञ्चल अस्पतालका प्रमुख डा. विमल ढकालले बताए । 'गर्मीको बेला छ, खानपिन र बसाइमा ध्यान नदिए संक्रमण फैलिन्छ,' उनले भने । नेपालगन्ज र वरपरका ५० भन्दा बढी होटलमा सयौं माओवादी कार्यकर्ता कष्टसाथ सामूहिक रूपमा बस्दै आएका छन् । गर्मी र लामखुट्टेबाट पनि उनीहरू रातभर सुत्न सकिरहेका छैनन् । बिरामी पर्न थालेपछि केही आन्दोलनकारीहरू घर फर्केका छन् । कतिपयले आमसभाका लागि ल्याए पनि आफूहरूलाई नफर्काएर अलपत्र पारी आमहडतालमा प्रयोग गरिएको गुनासो गरेका छन् ।
दाङमा ४० आमहडतालका लागि रुकुमबाट दाङको तुलसीपुर ल्याइएका ४० जना माओवादी कार्यकर्ता आइतबार रातिदेखि बिरामी परेका छन् । उनीहरूमध्ये १५ जनाको अवस्था गम्भीर रहेको माओवादीले जनाएको छ ।
उपचारमा संलग्न अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका रणेन्द्रविक्रम केसीका अनुसार उनीहरूमा आउँ, मासी, झाडापखाला, अपच र ज्वरोको संक्रमण देखिएको छ । हावापानी परिवर्तन र अव्यवस्थित खानपिनका कारण उनीहरू बिरामी परेको केसीले बताए । उनीहरूलाई तुलसीपुर बसपार्कनजिक राखेर जनस्वास्थ्यकर्मी संघका पदाधिकारीले उपचार गरिरहेका छन् ।

Monday, May 3, 2010

एमालेको प्रवास कमिटि प्रनेम.संघ मलेसियाको साधारण सभा सम्पन्न

कमल पौडेल

यहि मे २ तारिख आइतबारका दिन नेकपा एमाले प्रवास कमिटि मलेसियाले साधारण सभा सम्पन्न गरेको छ । विगत १ वर्ष अगाडी मलेसिया व्यापी रुपमा गरियको कार्यक्रम प्रवासी मजदुरका लागि जनचेतना मुलक अभियान संचालन लगत्तै गठन भयको प्रवासी नेपाली मजदुर संघ मलेसियाले प्रवासमा मात्र नभयर स्वदेशमा रहेका मजदुर हरुको समस्या र हक अधिकार का लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित युनिक एक्स चेन्ज रेमिट माथि रहेको एन आर एन मलेसियाको हल मा सम्पन्न भयको हो अमर ओली "श्रमजीवी" को अध्यक्षता मा सम्पन्न भेलाका प्रमुख अतिथि जिफन्ट सपोर्ट ग्रुप मलेसिया का सल्लाहकार दुर्गा शाही र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ शाखा मलेसियाका सभापति विपिन राइले गर्नु भयको थियो ।
त्यसैगरी अन्य अतिथिहरुमा नेपाल मलाया खबर डट कम तथा नेपाली खबर साप्ताहिकका सम्पादक रुसाहाङ चेम्जोङ, हाम्रो आवाज साप्ताहिक सम्पादक विनो लामा श्रमिक कलाकार मंच मलेसियाका रमेश मल्ल हुनु हुन्थ्यो। ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण बाट अगाडी बढेको कार्यक्रम संचालन कमल कृष्ण पौडेल ले गर्नु भयको थियो। भने स्वागत मन्तव्य प्रकाश खनाल र शुभकामना मन्तव्य विनु लामाले दिनु भएको थियो। त्यसैगरी मन्तव्य दिने क्रममा विशिष्ट अतिथि पत्रकार महासंघ शाखा मलेसियाका अध्यक्ष विपिन राइ ले प्रवासी नेपाली मजदुर संघ मलेसियाले प्रवासी मजदुरका लागि गरेका कामहरु जायज छन् र आगामी दिनहरुमा मजदुरहरुका समस्या र हक अधिकारका लागि निरन्तर आवाज उठाइरहोस् भन्नु भएको थियो भने प्रमुख अतिथि जिफन्ट मलेसियाका सल्लाहकार दुर्गा शाही ले मलेसिया प्रवासमा रहेका सम्पूर्ण राजनीतिक तथा सामाजिक संघ संस्थाहरु मिलेर मजदुर हरुका समस्याहरु हल गर्न लागिपर्नु पर्ने तथा एमाले प्रवास कमिटि प्र.ने.म.संघ मलेसिया ले प्रवासी मजदुर हरुको हक अधिकारका लागि विगत एक वर्ष देखि गर्दै आएको कार्यक्रम हरु एकदमै उच्च र स्राहनिय छन् भन्नु भयो ।
त्यसैगरी अध्यक्ष को आसन बाट बोल्दै अमर ओली श्रमजीवी ले विगत लामो समयको संघर्ष र प्रवासी मजदुरहरुले दिनु भयको साथ सहयोग समर्थन बाट प्र.ने.म.संघ आज हामीहरुको माझ जीवित रहेको उल्लेख गर्दै नेकपा एमाले पार्टी ले देशमा एक हद सम्म को शान्ति स्थापना र माओवादीहरुलाई जंगल बाट सत्ता मा ल्याउन एमालेले खेलेको भूमिका कै कारण लोकतान्त्रिक गणतन्त्र आएको र आज नेपालराष्ट्र हाम्रो सामू रहेको स्मरण गर्दै ठुला दलहरु बाट संविधान लेखनमा भन्दापनि सत्ता लिप्सा,कुर्सिमोह र माओवादीहरुका हिंसात्मक आन्दोलन जस्ता कार्यक्रमले नया संविधान लेखन संकटमा परेको ठहर गर्नु भयो भने पहिलो सत्रको कार्यक्रम को समापन र दोस्रो चरणको कार्यक्रम सुरुवात संगै संगठन को राजनीतिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो ।
संगठन को आवश्यकता र महत्वको बारेमा जानकारी पश्चात नया कार्यसमिति चयन गरियको थियो नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारी हरुमा क्रमश: अध्यक्ष अमर ओली "श्रमजीवी", उपाध्यक्ष कमल कृष्ण पौडेल ,प्रकाश खनाल, सचिव बिर विक्रम सुनार, कोषाध्यक्ष तोमानन्द खत्री, सदस्यहरुमा अशोक थापा, अर्जुन घिमिरे, राजेन्द्र बहादुर चालिसे, जीवस यादव, लक्ष्मन पोखरेल, धन बहादुर साउद हुनु हुन्छ भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार सागर, सल्लाहकार टेक बहादुर खड्का, चित्र बहादुर जी.यम रहनु भयको छ।
त्यसैगरी संगठनको नियमित बैठक सोहि दिन बसी आर्थिक सांगठनिक र राजनीतिक, विषयमा छलफल गरि विधान मस्यौदा समिति निर्माण गरेको छ र आगामी १ वर्ष भित्र मा अधिवेशन गर्ने निर्णय गरेको छ भने मलेसियाको प्रमुख शहरहरु जोहोर, पेनाङ, इपो लगायत विभिन्न स्थानहरुमा क्षेत्रीय तथा इकाई कमिटिहरु विस्तारगर्दै लैजाने निर्णय गरेको छ । कार्यक्रमको अन्तमा एमाले पार्टी कार्यालयमा फोन सम्पर्क गरि नयाँ कार्यसमिति बारे जानकारी गराइयको थियो टेलिफोन मार्फत नेपालबाट नेकपा एमाले पार्टीको तर्फबाट अमृत कुमार बोहरा ले कार्यक्रमको पूर्ण सफलताको कामना सहित नयाँ कमिटिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी हरुलाई शुभकामना व्यक्त गर्नु भयको थियो ।

Sunday, April 25, 2010

शुभकामना

                                               शुभकामना 

स्‍वदेश तथा बिदेशमा रहनु हुने सम्‍पुर्ण श्रमजिवि नेपाली दाजुभाई तथा 
दिदिबहिनि हरु मा नयाँ बर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना 
व्‍यक्त गर्न चाहान्‍छौँ ! साथै नव बर्ष ले सम्‍पुर्ण नेपाली हरुमा स्‍थायी शान्‍ती अमनचैन छावस्‌, चेतनशील,प्रगतिशिल,परिवर्तनशील समाज निर्माण  का लागी सम्‍पुर्ण नेपालि हरु एक हुन सकौँ ! निम्‍न वर्गिय महिला, वृद्व,
अपाङ्‍ग, दलित जनजाति,भाषा,धर्म,लिङ्‍ग र राज्‍यद्वारा उपेक्षित सबै तह
तप्‍का मा  रहेका  सबैलाई  समेट्‍ने गरी नायाँ संबिधान निर्माणहोस ! 
स्‍वदेश मै रोजगारी, उत्‍पादन मुलक शिक्षा, उधोगधन्‍दा, कल कारखाना,
जडिबुटी जन्‍य वस्‍तुहरुको व्‍यवस्‍थित  होस ,बिकाश होस ! लोड सेडिङ 
बाट मुक्त भै सबै नेपालीहरु  अग्रगमनको  दिसातर्फ  लम्‍कन सकौँ ! 
आतंकबाद,अपहरण, हत्या हिंशाबाट सबै जनहरूको सुरक्षा होस !
बोल्नेहरुले स्वतन्त्र  बोल्न पाओस  लेख्नेहरूले स्वतन्त्र लेख्न पाओस !
नयाँ बर्ष ले  सबै नेपा लीहरुको जिवन मा सुनौलो बिहानि ल्‍याओस !!  
स्वदेश तथा विदेशमा रहेका संपुर्ण नेपाली  दाजुभाई,दिदि बहिनिहरु लाई
नव बर्ष २०६७  साल को सुखद उपलक्षमा  उत्तरोत्तर प्रगति एवं सु-स्‍वास्‍थ्‍य 
र दिर्घायु को हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्न चाहन्‍छौँ !!!
                                                                                                                                          www.janasandesh.blogspot.com                                                    
इमेल ठेगाना janasandesh@ymail.com